site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिगको दोस्रो संस्करण मंसिर ९ देखि
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आउँदो मंसिर पहिलो सातादेखि सुरु हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बिहीबार विज्ञप्ति जारी गर्दै लिगको दोस्रो संस्करण मंसिर ९ देखि पुस २१ गतेसम्म हुने जनाएको हो ।

Dabur Nepal
NIC Asia

एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको छलफलपछि नयाँ मिति सार्वजनिक गरेको हो । एनएसएल आयोजनाका लागि एन्फा र एनएसईएमले आठ वर्षको सम्झौता गरेका थिए ।

लिगको दोस्रो संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्ड्र्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पहिलो संस्करणमा सात टिमले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu