site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युतीय भुक्तानीमा ठगी हुन थालेको भन्दै राष्ट्र बैंकले गरायो सजग
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीका उपकरणबाट हुने ठगी धन्दाबाट सजग हुन अनुरोध गरेको छ । पछिल्लो समय विद्युतीय भुक्तानी उपकरणमा ठगी धन्दा बढेको भन्दै केही गरी आफ्नो मोबाइल नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) नम्बर आए त्यो जानकारी आफ्नो सम्बन्धित बै‌क वा राष्ट्र बैंकमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट अईपीएस, मोबाइल वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याइ ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरूमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पनि जानकारी दिइएको छ ।

KFC Island Ad
NIC Asia

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी)सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी (निश्चित अंकको नम्बर÷नम्बर) उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगराउन पनि राष्ट्र बैंकले भनेको छ । कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन पनि सुसूचीत गराएको छ । त्यस्तै, यस्ता गतिविधि थाहा भएमा राष्ट्र बैंकको इमेल ठेगाना gunaso_psd@nrb.org.np मा जानकारी गराउन पनि भनिएको छ ।

Royal Enfield Island Ad

Image

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro