site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणलाई महानगरको प्रश्न– नयाँ भवनको नक्सापास भएको छ/छैन ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनको नक्सापास भए/नभएको बारे स्पष्टीकरण मागेको छ ।

प्राधिकरणले काठमाडौं महानगरपालिका–९, सिनामंगलमा नयाँ भवन निर्माण गरेको छ । “काठमाडौं वडा नम्बर–९, सिनामंगलस्थित त्यहाँ प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम/कानुनबमोजिम निर्माण भएको छ/छैन ?,” स्पष्टीकरणपत्रमा उल्लेख छ ।

महानगरको सहरी व्यवस्थापन विभागले नक्सापास गरेको भए प्रमाण र नगरेको भए ३५ दिनभित्र नक्सापास गर्न भनेको छ ।

“नक्सापास भएको भए सोको प्रमाण र पास नभएको भए काठमाडौं महानगरपालिका कार्यालयको मिति २०८०/०२/०३ को राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचनाबमोजिम नक्सापास गर्नुहुन निर्देशानुसार अनुरोध छ,” उक्त पत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro