site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
ट्रम्प फर्किए भने !

अमेरिकामा सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनको प्रारम्भिक अभियान सुरु भएसँगै सम्भवतः अन्तिम प्रतिस्पर्धा फेरि पनि राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पका बीच हुनसक्ने देखिएको छ । सन् २०२० को चुनावी चित्र हेर्दा त बाइडेन सजिलै विजयी हुनुपर्ने हो । तर, अमेरिकी राजनीति अनुमान गर्न सकिने प्रकारको छैन । स्वास्थ्य, कानुनी वा आर्थिक कुनै पनि आकस्मिक कारणले परिणाम बदलिन सक्छ । मेरा विदेशी मित्रहरूले मसँग सोधेका छन् - ट्रम्प ह्वाइट हाउसमा फर्के भने अमेरिकी विदेश नीतिमा के फरक पर्ला ?
 

ट्रम्प स्वयं नै अस्थिर स्वभावका भएकाले यो प्रश्न अपेक्षाकृत जटिल छ । राष्ट्रपतित्व उनको पहिलो राजनीतिक पद थियो र उनको पृष्ठभूमि अत्यन्त अपरम्परागत शैलीको थियो । टेलिभिजनको ‘रियालिटी स्टार’ का रूपमा सफल ट्रम्पको ध्यान सधैँ चमकदमक रुचाउने र क्यामेराको ध्यान खिँच्न प्रायः सत्यभन्दा पनि विवादास्पद अभिव्यक्ति दिन र प्रचलित व्यवहारमा मान्यताहरू भत्काउन केन्द्रित देखिन्थ्यो । 

ट्रम्पले विश्व व्यापारको असन्तुलित आर्थिक प्रभाव र आप्रवासन तथा सांस्कृतिक परिवर्तनका कारण खासगरी कलेजस्तरको शिक्षा नपाएका गोरा पुरुषहरूमा रहेको असन्तुष्टिलाई परिचालन गर्न सक्ने आभास पनि दिलाएका थिए । निरन्तरको प्रियतावादी, संरक्षणवादी र राष्ट्रवादी अभिव्यक्ति दिएर उनले सञ्चार माध्यमको ध्यान पनि उत्तिकै तानिरहे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सन् २०१६ मा धेरैले आफ्नो राजनीतिक आकर्षणको आधार फराकिलो बनाउन अरू सामान्य राजनीतिकर्मीजस्तै ट्रम्प पनि केन्द्रतर्फ ढल्कने अपेक्षा गरेका थिए । उल्टो उनले त आफ्नो समर्थकहरूको शक्तिलाई आफ्नो आलोचना गर्ने पार्टीभित्रका सांसदहरू विरुद्ध परिचालन गर्न लागे । उनलाई खुला चुनौती दिने रिपब्लिकनहरू ट्रम्पले अनुमोदन गरेका प्रतिस्पर्धीहरूसँग प्रारम्भिक निर्वाचनमै पराजित हुन थाले । परिणामस्वरूप, रिपब्लिकन पार्टी लगभग पूरै ट्रम्पको नियन्त्रणमा पुगेको छ । यद्यपि, सन् २०२० को निर्वाचनमा उग्रदक्षिणपन्थीको समर्थनका कारण उदार रिपब्लिकन र स्वतन्त्रहरूको समर्थन केही अनिर्णित राज्यहरूमा गुमाएका पनि हुनसक्छ ।

राष्ट्रपतिका रूपमा ट्रम्प उनका सबै पूर्ववर्तीहरूभन्दा फरक थिए । उनले महत्त्वपूर्ण नयाँ नीतिहरूको घोषणा वा मन्त्रीहरू खोसेको सूचना ट्विटरबाट दिन्थे र त्यो लहडमा गरिएको स्पष्टै देखिन्थ्यो । त्यसले गर्दा उच्चपदाधिकारी छिटोछिटो बदलिने वा परस्पर विरोधी नीति लिने र राष्ट्रपतिले आफ्नै उच्च अधिकारीहरूको उपेक्षा गर्नेजस्ता प्रवृत्ति उनको प्रशासनको विशेषता बनेको थियो । उनले संस्थागत सामञ्जस्य गुमाए पनि  उनले एजेन्डामा नियन्त्रण गरेर  त्यसको पूर्ति गरेका थिए । ट्रम्पको मुख्य राजनीतिक उपकरणमध्ये एउटा ‘अप्रत्याशितता’ थियो । 

Royal Enfield Island Ad

अहिलेसम्म ट्रम्पले परम्परागत रिपब्लिकनभन्दा पनि छासमिसे प्रकृतिको राजनीतिक दृष्टिकोण अपनाएका छन् । उनले  लामो समयदेखि व्यापारमा स‌ंरक्षणवादी धारणा प्रकट गर्दैआएका छन् भने अमेरिकामा मित्रहरूले अमेरिकाको फाइदा उठाएको दाबी गर्दै उग्रराष्ट्रवादी असन्तोषलाई उक्साइरहेका छन् । उनले सन् १९४५ पछिको उदार अन्तर्राष्ट्रिय व्यवस्थालाई खुला चुनौती दिएर उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई असान्दर्भिक घोषणा गरेका छन् ।

 

उनका सुरक्षा सल्लाहकारमध्येका एक जना जोन बल्टन त ट्रम्प फेरि निर्वाचित भए भने अमेरिकालाई नेटोबाट बाहिर निकाल्न सक्छन् भनेर चिन्तित छन् । ट्रम्प स्वयंले पनि ‘आफ्नो प्रशासनले सुरु गरेको नेटोको मूलभूत उद्दैश्यकै  पुनर्मूल्याङ्कन गर्ने प्रकिया पूरा गर्ने’ प्रतिज्ञा गरेका छन् ।

राष्ट्रपतिका रूपमा ट्रम्पले पेरिस जलवायु सहमतिबाट अमेरिकालाई बाहिर निकालेका थिए भने राष्ट्रपति बाराक ओबामाले गरेको ‘ट्रान्स प्यासिफिक पार्टनरसिप’ सम्झौता पनि भङ्ग गरेका थिए । उनले विश्व व्यापार संगठनलाई कमजोर बनाए, मित्र राष्ट्रहरूबाट आयात गरिने स्टिल र आलमुनियममा भन्सार लगाए, चीनविरुद्ध व्यापार युद्ध सुरु गरे, इरानसँगको आणविक सम्झौता भङ्ग गरे, जी -७ को आलोचना गरे भने मानव अधिकार उल्लङ्घनका लागि बदनाम अधिनायकवादी नेताहरूको प्रशंसा गरेका थिए ।

उनी स्पष्टरूपमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नरम देखिन्थे भए उक्रेनलाई अमेरिकी सहयोगका विषयमा हिचकिचाएका थिए ।

मत सर्वेक्षणहरूले ट्रम्पको कार्यकालमा अमेरिकाको ‘सफ्ट पावर’ कूटनीतिक शक्ति धेरै घटेको देखाएका छन् । ट्विटहरूले विश्व कार्यसूची तय गर्न मद्दत पुग्नसक्छ तर त्यसको विषय र प्रस्तुतिले अरू मुलुकको चित्त दुखाउन पनि सक्छ । ट्रम्पले मानव अधिकारका विषयमा बिरलै चासो राखे भने उनका भाषणहरूमा जिमी कार्टर, रोनाल्ड रेगनदेखिका राष्ट्रपतिहरूको भाषणमा हुने लोकतन्त्रका सिद्धान्तको समर्थन पाउन छाडियो । चीनका सम्बन्धमा उनको कडा नीतिको प्रशंसा गर्नेहरू पनि चीनको मानव अधिकार विषयमा मित्र राष्ट्रहरूसँग मिलेर काम नगरेकोमा उनको आलोचना गर्छन् । यसबाहेक ट्रम्पले विश्व स‌ंस्थाहरूमा लामो समयदेखि रहँदै आएको अमेरिकाको नेतृत्वदायी भूमिका पनि खुम्च्याइदिए । 

अब ट्रम्पको दोस्रो कार्यकालमा के होला त ?

सन् २०१६ को राष्ट्रपति निर्वाचनको सम्झना गरौँ त ५० जना सुरक्षा अधिकारी रहिसकेका रिपब्लिकनहरूले हस्ताक्षर गरेको एउटा वक्तव्यमा सचेत गराइएको थियो - "राष्ट्रपति हुने व्यक्ति अनुशासित, भावनाको नियन्त्रण गर्न सक्ने र राम्ररी विचार र विवेचना गरेपछि मात्रै निर्णय गर्ने हुनुपर्छ …ट्रम्पमा यी अत्यावश्यक कुनै पनि गुण छैनन् । उनी असहमत विचारहरूलाई रुचाउँदैनन् । उनमा आत्मनियन्त्रण छैन र आवेगमा निर्णय लिज्छन् । आफ्नो आलोचना सहन सक्तैनन् । आफ्नो उर्बौलो व्यवहारबाट हाम्रा मित्रहरूलाई झस्काएका छन् ।” ट्रम्पले जितेपछि यी आलोचकहरू कोही पनि उनको प्रशासनमा संलग्न गराइएनन् र फेरि पनि यही व्यवहार दोहोरिन सक्छ ।

राजनीतिक नेताका रूपमा ट्रम्पले आफूलाई शक्ति कब्जा गर्ने क्षमता प्रमाणित गरिसकेका छन् । परन्तु, उनको शासकीय स्वभावमा राष्ट्रपति फ्य्रांकलिन रुजवेल्ट वा जर्ज एचडब्लु बुसको जस्तो विवेक र चातुर्यको अभाव छ ।

ट्रम्पको आत्मकथाका लेखक टोनी स्वार्जले एकपटक भनेका थिए - “सुरुमै मैले ट्रम्पको स्वविवेक सधैँ नै जोखिममा रहेकाे थाहा पाएँ । जब उनले आफू पीडित भएको ठान्छन् अनि उनको प्रतिक्रिया आवेगपूर्ण एवं प्रतिरक्षात्मक हुन्छ र आफूलाई सही साबित गर्न तथ्यहीन कथा बुन्न थाल्छन् … ट्रम्प भावनामा वा अरूको स्वार्थमा बग्दैनन् … यसको महत्त्वपूर्ण पक्ष के हो भने ट्रम्पका लागि सधैँ आफैँले बनाएको भाष्य नै हुन्छ ।” राष्ट्रपतिका रूपमा ट्रम्पले व्यक्तिगत स्वार्थका लागि ध्येय तोडमरोड गरेका वा नीतिगत लक्ष्यहरूमा छेडछाड गरेका  थिए । 

ट्रम्पको स्वभावले उनको सान्दर्भिक चातुर्य पनि सीमित बनाएको छ । प्रशासन र अन्तर्राष्ट्रिय मामिलामा अनुभवको अभावले ट्रम्पलाई उनका प्रायः सबै पूर्ववर्तीहरूभन्दा कम योग्य त बनाएको भए पनि उनले ज्ञानको अभाव पूर्तिका लागि कुनै रुचि पनि देखाएनन् । आफूलाई सही साबित गर्न उनले सन् २०१८ मा पुटिन र उत्तर कोरियाका किम जोङ उनसँगको शिखर बैठकजस्ता नीतिगत त्रुटिहरू गरिरहँदा अमेरिकाको गठबन्धन नै कमजोर भएको थियो ।

पूर्वराष्ट्रपतिका रूपमा ट्रम्पको आचरण हेर्दा पनि केही बदलिएको देखिँदैन । उनी सन् २०२० मा भएको आफ्नो हार स्वीकार गर्नसमेत तयार छैनन् भने अर्को वर्ष ह्वाइट हाउसमा पर्कन चलाएको चुनाव अभियानमा पनि पुरानै कट्टरपन्थी समर्थकहरूलाई उक्साउने भाषण दिइरहेका छन् । उनी सफल भए भने अमेरिकी विदेश नीतिको एउटामात्रै विशेषताको अनुमान गर्न सकिन्छ - त्यो हो निरन्तरको अनिश्चितता ।  
(प्राध्यापक, हार्वर्ड विश्वविद्यालय )

Copyright: Project Syndicate, 2023.


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro