site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पे भन्छन्– मेसीले फ्रान्समा पाउनुपर्ने जति सम्मान पाएनन्

काठमाडौं । फ्रान्सका कप्तान काइलियन एमबाप्पेले पेरिस सेन्ट जर्मन (पीएसजी)का पूर्वसहकर्मी लियोनल मेसीले फ्रान्समा पाउनुपर्ने सम्मान नपाएको बताएका छन् ।

अर्जेन्टिना कप्तान मेसीले गत साता पीएसजी छोड्ने पुष्टि गर्दै आफ्नो नयाँ गन्तव्य अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामी अनुबन्धित हुने सार्वजनिक गरेका थिए ।

Dabur Nepal
NIC Asia

सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी आएपछि मेसीले एमबाप्पेसँग फ्रान्समा दुई सिजन सहकर्मीको रूपमा बिताएका थिए । 

messi and mbappe1686727195.jpg

पीएसजीका फरवार्ड एमबाप्पेले एक इटालियन समाचार संस्थासँगको कुराकानीमा मेसीले फ्रान्समा स्तरअनुसारको सम्मान नपाएको प्रतिक्रिया दिएका हुन् ।

“फुटबलको इतिहासमा उनी महान् खेलाडीमध्येका एक हुन् । मेसीजस्तो खेलाडीले छोडेर जानु कहिल्यै पनि सुखद समाचार होइन । मेसी गएकोमा धेरै मानिसहरूले राहत गरिरहेको कुरा म बुझ्नै सकिरहेको छैन । मेसीले फ्रान्समा उनको स्तरअनुसारको सम्मान पाउन सकेनन्,” एमबाप्पेले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro