site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी प्रदेश : मुख्यमन्त्रीले मन्त्रीको थप जिम्मेवारी तोकेको प्रदेश प्रमुखले थाहा पाएनन्
Siddhartha BankSiddhartha Bank

विराटनगर । कोसी प्रदेशमा प्रदेश प्रमुखबाट जिम्मेवारी नतोकिएकै अवस्थामा तीन जना वहालवाला मन्त्रीले मन्त्रालयको थप जिम्मेवारी सम्हालेको पाइएको छ । यसबाट कतिपय मन्त्रीले कार्यसम्पादन गरेका मन्त्रालयको कामको वैधानिकतामाथि नै कानुनी प्रश्न उठेको छ ।

संविधानमा उल्लेख भएअनुसार कुनै पनि मन्त्रालयको जिम्मा दिने वा मन्त्रिपरिषद् हेरफेर गर्दा प्रदेश प्रमुखबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफै ती मन्त्रालयको जिम्मेवारी तोकेको पाइएको छ ।

संविधानको धारा १७३ अनुसार मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई महत्वपूर्ण चार निर्णयको जानकारी दिनुपर्ने व्यवस्था छ । जसमा प्रदेश मन्त्रिपरिषद्का निर्णय, प्रदेशसभामा पेस गरिने विधेयक, प्रदेश प्रमुखले जानकारी मागेको अन्य आवश्यक विवरण र प्रदेशको समसामयिक परिस्थितिबारे प्रदेश प्रमुखलाई तत्काल जानकारी दिनुपर्छ ।

Agni Group
NIC Asia

जसपा र नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तीनजना मन्त्रीहरुले राजीनामा दिएका थिए । तिनको ठाउँमा मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) र राप्रपाबाट मन्त्री भएकालाई थप कार्यभार सुम्पिएका हुन् ।

जेठ १७ गते जसपाबाट स्वास्थ्यमन्त्री निर्मला लिम्बूले राजीनामा दिइन् । उनको ठाउँमा जेठ १८ गते खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्यको पनि जिम्मेवारी दिइयो ।

Global Ime bank

यसैगरी जेठ २३ गते माओवादी केन्द्रबाट पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले राजीनामा दिए । ती मन्त्रालयको कार्य जिम्मेवारी पनि वहालवाला दुई मन्त्रीलाई दिइयो ।

वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई तोकियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी कृषिमन्त्री भक्तिप्रसाद सिटौलाले पाए । मुख्यमन्त्रीले जेठ २३ गते नै ती मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।

लगत्तै मन्त्रीहरुले पदबहाली गरे । तर, यसबारे प्रदेश प्रमुखको कार्यालयलाई दुई सातासम्म जानकारी नै दिइएन । मुख्यमन्त्री कार्कीले मंगलबार मात्र मन्त्रिपरिषद्को नयाँ कार्यविभाजनबारेको सिफारिस प्रदेश प्रमुख पर्शुराम खापुङलाई पठाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मन्त्रीहरुले प्रदेश प्रमुखबाट जिम्मेवारी नतोकी मन्त्रालयको विभिन्न काम गरिसकेको अवस्थामा कानुनी प्रश्न उठेको जनाइएको छ ।

अल्पमतको सरकारले वार्षिक नीति तथा कार्यक्रम बुधबार सदनमा पेस गर्दै छ । सरकार त्यसपछि बजेट अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu