काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना ‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ आयोजना हुने भएको छ ।
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ एडुफेयर काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म चल्नेछ । यस एडुफेयरमा विभिन्न विश्वविध्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र गरेर ७५ बढी शैक्षिक संस्थाको सहभागिता रहने उक्त एडुफेयरका संयोजक टंकराज आचार्यले जानकारी दिए ।
एडुफेयरमा नेपालमै सञ्चालित विध्यालयहरूले दिने गुणस्तरीय शिक्षाको बारेमा सत्य, तथ्य जानकारी दिइने र विध्यार्थी र अभिभावकलाई नेपालमा पनि उत्कृष्ट शिक्षा पाइन्छ भने विषयमा परामर्श गरिने संयोजक आचार्यले जानकारी दिए ।
विध्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने गरेर दुई लाख बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आर्चायले बताए ।
उक्त एडुफेयरमा प्रवेश निःशुल्क गरिएको छ । एडुफेयर अवलोकन गर्ने एक हजारभन्दा बढी विध्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको आयार्चले बताए ।
उक्त एडुफेयर जेठ ३२ देखि जेठ ३ गतेसम्म चल्ने मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।