site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखर कोइरालासँगको सम्बन्धमा फेरबदल भएको छैन : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तान्तरणका लागि कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन आउने क्रममा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो । त्यसैले अब सभापतिले प्रधानमन्त्री वा अन्य पदमा दाबी गर्नु हुँदैन,” उनले भने ।

उनीसँग सञ्चारकर्मीले वरिष्ठ नेता शेखर कोइरालासँगको सम्बन्धबारे पनि प्रश्न गरेका थिए । पछिल्लो समय सभापति शेरबहादुर देउवासँग कोइराला निकट भएको चर्चा भइरहेको छ ।

Global Ime bank

जवाफमा थापाले आफूहरूसँगको सम्बन्धमा कुनै फेरबदल नभएको जिकिर गरे ।

“१४औँ महाधिवेशनदेखिको सबन्धमा अहिलेसम्म पनि प्रगाढ छ । १५औँ महाधिवेशनमा थप साथीहरू जोडिनु हुने छ । भएकाहरू पनि हाम्रो साथमै रहनु हुने छ । गुम्नु हुने छैन,” उनले भने ।

नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजिरहेकाले सभापतिले दुवै पद छाड्नुपर्ने थापाको भनाइ छ । 

“कांग्रेस नेतृत्वको सरकार बन्नुभन्दा अगाडि नै उहाँले मार्ग प्रशस्त गर्नुपर्छ,” थापाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement