देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य देखिएको नर्भिक अस्पतालले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको सोमबार (हिजो) दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेका थिए ।
करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्