site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद तामाङले उठाए सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको भविष्य र आरक्षणपीडितको समस्या
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद तारा लामा तामाङले सुदूरपश्चिम प्रदेशमा अवस्थित गेटा मेडिकल कलेजको भविष्य के हुन्छ भन्दै प्रश्न उठाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले चार÷पाँच सय करोडको भौतिक संरचना बनाएर गेटा मेडिकल कलेजलाई अहिले सय बेडको हस्पिटल बनाउन खोजिएको हो कि भन्दै प्रश्न गरे । उनले मेडिकल कलेज निर्माणको ऐन अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको खबर आफूले पाए पनि त्यसको भविष्य के हुन्छ भन्दै प्रश्न गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनको ड्राफ्ट पनि अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको भन्ने कुरा बाहिर आएको छ । तर, यो बजेटमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर आउने भन्ने सुनिएको हुनाले हामी द्विविधामा छौँ,” उनले भने, “नीति कार्यक्रममा सरकारको प्रमुखले बोलेको कुरा हुने हो भने हामी सुदूरपश्चिमेलीले योपटक न्यायमा पर्नेछौँ । एउटा प्रतिष्ठान पनि बन्ने भयो, अर्को विश्वविद्यालय पनि बन्ने भयो । अर्को डडेलधुरामा टिचिङ हस्पिटल सञ्चालन गर्ने भन्ने कुरा आएको छ । यो सबै अल्मलाएर केही नगर्ने सरकारको सोच हो कि ?”

रोस्टममा उभिएर सांसद तामाङले कञ्चनपुरको आरक्षणपीडितको समस्याको विषयमा पनि बजेटले नबोलेको भन्दै सरकारले आरक्षपीडितलाई कहिले पैसा दिन्छु, कहिले जमिन दिन्छु भने पनि बजेटमा स्पष्ट कुरा नआएको बताए ।

उनले अहिलेको बजेट दिशाहीन र खस्किँदो अर्थतन्त्रलाई उकास्नेतर्फ ध्यान नगएको आरोप लगाए । उनले बजेट संविधानले कल्पना गरेको समाजवादउन्मुख नभएको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्