site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदले भने– सलाम गर्छु बालेनजीलाई, हामी ‘झोले’लाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेट भाषणको समय परिवर्तन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

हरेक जेठ १५ गते बिहान १० बजे नै प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नुपर्ने उनले माग गरे । हाल बजेट अपराह्न ४ बजे प्रस्तुत गरिँदै आएको छ ।

Dabur Nepal
NIC Asia

“बजेट भाषण सधैँ बेलुका ४ बजे हुने, के कारणले ४ बजे हुने ? किन बिहान १० बजे, १२ बजे नहुने ? मैले कारण के रहेछ भनेर हेरेँ – जति बेला भारतमा ब्रिटिस इन्डिया सरकार थियो, त्यति बेला भारतमा ४ बजेट भनिँदो रहेछ,” उनले भने,“ त्यति बेला इंग्ल्यान्डमा बिहानको १० बज्दो रहेछ । त्यति बेला त्यहाँका ब्रिटिसलाई सुन्नु जरुरी रहेछ । त्यो कारण चलेको चलन नेपालमा आयो । त्यो सुर्धानुपर्‍यो ।”

सांसदबारे जनताले नबुझेकाले आफूलाई ‘झोले सांसद’ भन्न रुचाउने उनले बताए । “आफूलाई झोले सांसद भन्न रुचाउँछु । राति फोन आउँछ एउटा बुढीआमाको– बाबु, मेरो त एउटा खसी मर्‍यो नि, दुइटा खसी पालेको सांसद बाबुले केही गरिदिनुहुन्छ कि ! यस्तो छ नागरिकको बुझाइ,” उनले भने ।

सांसदले कानुन, विधेयक बनाउनुपर्ने भन्ने नागरिकलाई थाहा नभएको उनको भनाइ छ ।

उनले सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई धन्यवाद समेत दिए ।

“म त सलाम गर्छु बालेनजीलाई । उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो,” सांसद गिरीले भने, “चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ । जनताको स्तर यस्तो छ ।”

सरकारमा भएकाहरूले शीर्ष नेताको क्षेत्रमा बढी बजेट राख्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro