कला
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गीत–संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संगीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् ।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै उनले त्यसलाई निरन्तरता दिन चाहेको स्पष्ट पारे ।
कार्यक्रममा नेवारी संस्कृति झल्काउने खालका बाजागाजासहितको सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० २१:१७
प्रतिक्रिया दिनुहोस्