site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढाउँछौँ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्गको निर्माण प्रक्रिया यसै वर्षदेखि अघि बढाइने बताएका छन् ।

शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले भने, “टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन, यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पुँजी होइन ।”

यो सुरुङमार्ग निर्माणका लागि अहिले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

“यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि, यसमा विदेशी सहयोग आउने सम्भावना छ,” उनले भने, “विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौँ । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।”

सुरुङमार्ग निर्माण सम्पन्न हुनका लागि भने केही वर्ष पर्खिनुपर्ने उनले स्पष्ट पारे ।

“यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन । सुरुङमार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलोपटक विनियोजन गरिएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro