site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ व्यवस्थापन, काम अघि बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । भैरवामा निर्माणाधिन गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनियाँ कम्पनीले नयाँ व्यवस्थापनका साथ अघि बढाएको छ । नेपाली सह–ठेकेदार कम्पनी बाहिरिएसँगै चिनियाँ नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले नयाँ ढंगले निर्माण गतिलाई अघि बढाएको आयोजना प्रमुख ओम शर्माले बताए । 

उनका अनुसार अहिले काम गर्न कुनै समस्या छैन । “यसरी नै काम अघि बढ्ने हो भने अबको ८ महिनामा ५० प्रतिशत भौतिक प्रगति हुनेछ,” उनले भने, “त्यसको लागि एक महिनामा ६ प्रतिशतले निर्माण कार्य अघि बढाउन आवश्यक छ ।” जसअनुसार कम्तिमा दैनिक २ सयबढी कामदारले विमानस्थलमा काम गरिरहेको छ । उनले अहिलेसम्म करिब ३० प्रतिशत काम सकिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजनाका अनुसार हाल चिनियाँ कम्पनीले आफ्नै किसिमले कामलाई अघि बढाएको छ । कुनै नेपाली सहठेकेदार कम्पनीले काम गरेका छैनन् । स्थानीय स–साना सप्लायर्समार्फत काम अघि बढाइएको छ । ठेकेदार कम्पनीले आवश्यक सामग्रीहरु लिजमा लिएर सञ्चालन गर्दैछन् भने कतिपय सामग्री चीनको केरुङ्ग मार्ग हुँदै स्वयम् कम्पनीले नै मेशिनहरु ल्याइरहेको छ ।

‘डेडिकेटेड इलेक्ट्रीक फिडर लाइन’ २ महिनाभित्र जडान गरिसकिने जनाइएको छ । “त्यसका लागि कुल बजेट ४ करोड १४ लाख रुपैयाँ विद्युत प्राधिकरणलाई भुक्तानी गरीसकेका छौं,” आयोजक प्रमुख शर्माले भने, “त्यस्तै आयोजना सम्पन्न गर्न करिब ३ लाख घन मिटर ढुंगा, गिट्टी बालुवाका लागि सरोकार निकायहरुसँग समन्वय र सहजीकरण भइरहेको छ ।”

Global Ime bank

गएको फागुनदेखि चीनको ठेकेदार कम्पनी र नेपालको सह–ठेकेदार कम्पनीको विवादको कारणले काम अघि बढ्न सकेको थिएन । सो अवधिमा निर्माण कामदार कम र न्यून मात्र काम भएको थियो । गएको डेढ महिनादेखि मात्र कामले गति लिएको हो । सह–ठेकेदार कम्पनी नर्थवेस्ट नेपालका सञ्चालक मध्येका सञ्जिव राईले स्थानीय सप्लायर्स कम्पनीहरुले पाउने रकम नपाएपछि पछिल्लो समय काम रोकिएको बताए ।

“स्थानीय स्तरका करिब १ सय ५० संख्यामा कार्यरत सप्लायर्सहरुले करिब ३२ करोड रुपैयाँ पाउनुपर्ने रकम उपलब्ध भएको छैन,” उनले भने, “अहिलेसम्मको विमानस्थलको अधिकांश काम हामीले गरेका हौं, भुक्तानी पाइएको छैन ।” कानुननी आधारमा भने ठेकेदार कम्पनीले सहठेकेदार कम्पनी राख्न नपाउने प्रावधान नरहेको बताइएको छ । त्यसैले सरोकार निकायहरुले चिनियाँ र नेपाली कम्पनीको विवादलाई आन्तरिक मामला भन्दै बेवास्ता गर्नाले पछिल्लो समस्या निम्तिएको जनाइएको छ । 

आयोजक प्रमुख शर्माले ठेकेदारबीच भएको विवादलाई समेत समाधान गर्न पहल भइरहेको बताए । आयोजना निर्माण कार्य १५ जनवरी २०१५ देखि सुरु भएको थियो । चीनको कम्पनीले उक्त ठेक्का प्रारम्भमा डिसेम्बर २०१७ सम्ममा पहिलो चरणको काम पूरा गर्ने सम्झौता थियो । २०७२ को भूकम्प र त्यस लगत्तै भारतले गरेको नाकाबन्दीको कारण भन्दै अहिले ६ महिना थप गरी परियोजनाको अबधि जुन २०१८ सम्म पुर्याएको छ । भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा लिइएको उक्त विमानस्थल आयोजनाको लागत ६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । आयोजनाका अनुसार हालसम्म पेश्की स्वरुप ७८ करोड रुपैयाँ र विल भुक्तानी ६५ करोड रुपैयाँ गरी ठेकेदार कम्पनीलाई १ अर्ब ४३ करोड रुपैयाँ दिइसकिएको छ ।

त्यस्तै, विमानस्थलको थप विकास र विस्तारको लागि करिब ५ सय विघा अधिग्रहणको मुआब्जा निर्धारण कार्य सम्पन्न भई वितरण कार्य चालु भएको आयोजना प्रमुखको भनाइ छ । सोको लागि २ अर्ब सहित कुल ६ अर्ब वितरण गर्न पर्ने छ । मुआब्जा कुल २३ अर्ब वितरण गर्नुपर्ने अनुमान गरिएको छ । हालसम्म ७५ परिवारको लागि ४० करोड मात्र वितरण भएको छ । उक्त कार्यलाई शिघ्र अघि बढाउन मालपोत र नापी कार्यालयमा जनशक्ती थप गर्न आयोजनाले सरकार समक्ष माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय