site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । तत्कालीन सरकार–माओवादीको सशस्त्र युद्धका अयोग्य लडाकुकातर्फबाट लेनिन विष्टसहितको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दरपिठ खारेज गर्दै रिट दर्ताको आदेश गरेको हो । 

यही जेठ १६ गते ‘माओवादी सशस्त्र द्वन्द्वकालका घटनामा संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने’ भन्दै सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता हुने आदेश गरेका थिए । दरपिठविरुद्धको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश भट्टराईको इजासले दरपिठ खारेज हुने आदेश दिएपछि रिट दर्ता हुन लागेको हो । 

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, विष्णु भट्टराई, अधिवक्ता स्वागत नेपाललगायतले बहस गरेका थिए । सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई अयोग्य लडाकु भनेर पन्साएर ‘योगदानको अवमूल्यन गरेको’ भन्दै विष्टसहित कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिट दायर गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC