अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट प्राप्त गरेको हो ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।
बैंकको ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १७:५८
प्रतिक्रिया दिनुहोस्