site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन ट्राभल मार्टको चौथो संस्करण जारी

काठमाडौं । पाटा नेपाल च्याप्टरको आयोजनामा काठमाडौं उपत्यकामा सुरु भएको चौथो संस्करणको हिमालयन ट्राभल मार्ट जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो (मंगलबार) उद्घाटन गरेको कार्यक्रम चार दिनसम्म चल्नेछ । कार्यक्रममा विभिन्न २४ देशबाट ५० भन्दा बढी ट्राभल कम्पनीको सहभागिता छ ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्रीले कार्यक्रम उट्घाटन समारोहमा बोल्दै नेपालमा प्रर्यटनको लागि प्रचुर सम्भावना भएको बताएका थिए । नेपालमा पर्यटनको लागि उचित स्थान रहेको समेत उनको भनाइ छ ।

“प्राकृतिक सौन्दर्यता, सांस्कृतिक सम्पदा, साहसिक गन्तव्यले भरिपूर्ण छ,” उनले भने, “नेपालमा घुम्न आएपछि जीवनभरको अविस्मरणीय अनुभवहरू प्राप्त सकिन्छ ।”

कार्यक्रमले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्ने पाटा च्याप्टर नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्