site stats
बाह्रखरी :: Baahrakhari
देश
टंक गुरुङका वकिल भन्छन्– मेरो पक्षको दोष यत्ति हो की उहाँ मिठो खाना बनाउनुहुन्छ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तका तर्फबाट बुधबारदेखि बहस सुरु भएको छ ।

बुधबारको बहसमा विगतमा लगाइएका आरोपलाई नै चुनौती दिनेगरी अभियुक्ततर्फका वकिलहरूले बहस गरिरहेका छन् । अभियुक्ततर्फको वकिलहरूले गरेको तर्क सुन्दा यस्तो लाग्छ– मानौं प्रहरी अनुसन्धान नै हचुवा हो ।

Argakhachi Cement Island Ad

बुधबार अभियुक्त बनाइएको मध्येका टंक गुरुङका विषयमा बहस गरेको अधिवक्ता चुडामणि पोखरेलले गुरुङलाई प्रहरीले अनाहकमै अनुसन्धानमा तानेको दाबी गरे ।

उनले होटेल व्यवसाय गर्ने व्यक्तिले आफ्नो होटेलमा आउने व्यक्तिहरूको अनुसन्धान गर्ने नभएर उनीहरूलाई सेवा मात्र दिने भएपनि सेवा दिएवापत गुरुङलाई प्रहरीले अनुसन्धानमा तानेको उनको तर्क थियो ।

“श्रीमान्, मेरो पक्षको दोष नै यत्ति हो की उहाँ मिठो खाना बनाउनुहुन्छ,” अधिवक्ता पोखरेलले भने, “कुनै पीडितले जाहेरीमा समेत उहाँलाई पोलेको छैन ।”

प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिलले दायर गरेको अभियोगपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन बायोमेट्रिक कलेक्सनमा गुरुङ प्रयोग भएको भनिएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्