site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्न हिमालयन क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

‘१० प्रतिशत सिटिजन बैंक ऋणपत्र २०८०’ जारी गर्न बैंकले हिमालयन क्यापिटललाई बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

Dabur Nepal
NIC Asia

सम्झौतापत्रमा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रतिऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँका दरका जम्मा तीन अर्ब रुपैयाँ रकम बराबरको ३० करोड कित्ता ऋणपत्र जारी गर्न लागेको हो । उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ताहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकको देशभर १८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग इकाई छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro