site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदूषण रोक्न माग गर्दै धर्नामा बस्नेलाई गृहमन्त्रीले बोलाए छलफलका लागि सिंहदरबार  
फाइल तस्बिर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन् । 

बुधबार धर्नास्थल माइतिघर पुगेर मन्त्री श्रेष्ठले आन्दोलनरत पक्षले राखेका विषयमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताए । 

उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने विषयलाई सम्बोधन गर्न तत्कालीक र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरुसँग पनि छलफल गरिने प्रतिवद्धता जनाए । 

कारखानाबाट निस्किएको फोहर सिधै मिसाउँदा नदीमा प्रदूषण बढेको भन्दै उनीहरुले काठमाडौंमा धर्ना दिँदै आएका छन् । उनीहरुले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।

बुधबार नै गृहमन्त्री श्रेष्ठले माइतिघरमा सहकारी पीडितको आन्दोलनमा पुगेर यो विषयको समाधान खोज्ने प्रतिवद्धता जनाए । उनले सहकारीका बचतकर्तामाथि न्याय हुने गरी सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिए । 

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लािग समिति गठन गरिसकेको बताए । पीडितको समस्या समाधान हुने उनको दाबी छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro