site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुश्मामा बाँदर धपाउन आलोपालो प्रणाली, वडाध्यक्षसहित १५ जना छानिए
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

पोखरा । भर्खरै पसाउन लागेका र दाना पस्न लागेका मकै खेतीलाई बाँदरले नोक्सान गर्छ की भनेर पर्वतको कुश्मा नगरपालिका–९ मा स्थानीयले बाँदर धपाउने पालो राखेका छन् ।

मकै जोगाउन यहाँका स्थानीयहरूले नै पालैपालो बाँदर कुर्ने गर्छन् । खेतमा लगाइएको मकै नपाक्दासम्म हरेक दिन फरकफरक व्यक्तिले खेत कुर्नुपर्ने हुन्छ । त्यसका लागि खेतमा नै सानो छाप्रो बनाइएको छ ।

बाँदर एउटा दुइटा आए त छाप्रोमा बस्नेले नै धपाउँछ । हुल बाँधेरै आए त साँध्य हुँदैन । अनि गाउँले सबैलाई खबर गर्नुपर्छ । बस्ती नजिकै भएका कारण छोटो समयमा नै गाउँलेहरू जम्मा भएर बाँदर धपाउने गछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागि १५ जना व्यक्ति छानिएका छन् । बाँदर धपाउन छनोट हुनेमध्येका एकजना कुश्मा–९ का वडाध्यक्ष पनि हुन् । वडाध्यक्ष रामशर्मा लामिछानेको बाँदर हेर्ने पालो जेठको २९ गते परेको छ । त्यसको १५ दिनपछि असार १३ गते उनको अर्को पालो छ ।

१५/१५ दिनको अन्तरालमा हरेकको पालो दोहोरिने र यो क्रम मकै पाकेर नउतार्दासम्म जारी रहने वडाध्यक्ष लामिछानेले बताए ।

Global Ime bank

“मकै नपाक्दासम्म र रोपाईं सुरु नहुँदासम्म खेती त जोगाउन पर्‍यो, त्यसकै लागि हरेक दिन एकजना व्यक्तिलाई बाँदर कुर्नको लागि खेतमा नै पठाइने गरिएको छ,” उनले भने, “असार १३ गते मेरो पालो हो, त्यो दिन म खेतमा जान्छु, रुटिनअनुसार सबै पालैपालो जाने गरेका छौँ ।”

बसाइसराईँले रित्तिएका पर्वतका ग्रामीण भेगमा बाँदर आतंक नयाँ भने होइन । अघिल्लो वर्षहरूमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछाने  सुनाउँछन् । ग्रामीण क्षेत्रमा सबैको साझा समस्या नै बाँदरबाट कसरी खेती जोगाउने भन्ने छ ।

अघिल्ला वर्षहरूमा पनि यसैगरी बाँदर धपाइएको उनले बताए । अहिले भने वडाले खाजाको व्यवस्था गरिदिने उनले बताए ।

“आफ्नो पालामा लौरो लिएर खेतमा जाने, बाँदरको हुल आयो भने उसले संकेत दिन्छ (फोनमार्फत वा चिच्याएर) त्यसपछि गाउँलेहरू सबै जान्छन् ।” उनले भने ।

list1686047620.png

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC