site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युतीय गाडीको छुटको फाइदा उपभोक्ताले भन्दा बिक्रेताले बढी लिए : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले विद्युतीय गाडीको फाइदा उपभोक्ताले भन्दा बढी बिक्रेताले उठाएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री महतले विद्युतीय गाडीमा बढी किलोवाटको लागि बढी नै कर लगाएको र यसलाई समयअनुसार दर लगाइएको दाबी गरे ।

Dabur Nepal
NIC Asia

महतले ५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा कर बढाएका थिए भने १०० किलोवाटभन्दा बढीको करको दर घटाएका थिए ।

महतले अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा विद्युतीय गाडीलाई छुट बढी दिएको भन्दै विद्युतीय गाडी चढेका उपभोक्ता पेट्रोलमा सिफ्ट नहुने बताए ।

“विद्युतीय गाडीमा छिमेकी देशको तुलनामा नेपालले धेरै नै करमा सहुलियत दिएको छ,” महतले भने, “केही विद्युतीय गाडीमा कर बढाउनुपर्ने नै थियो । जसमा केही बिक्रेताले असन्तुष्ट भएर बाहिरी दबाब बनाउने काम गरेका छन् ।”

महतले आफूले बजेटमा भ्याटको दायरा बढाउने काम गरेको बताए । यस्तै, विद्युतीय गाडी बजेट अगाडि छुटेर आएकोमा व्यापारीले अनुमानमा आधारित भएर ल्याएको भन्दै यसको जिम्मा आफूले लिन नसक्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro