site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरण : आज सरकारी वकिलतर्फको बहस सकिने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सरकारी वकिलतर्फको बहस सकिने भएको छ । गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस जारी छ ।

न्यायाधीश न्यौपानेको इजलासले सरकारी वकिललाई आजसम्म बहस गर्ने समय तोकेको छ । पाँच सरकारी वकिलले बहस गरिसकेका छन् । आज तीन सरकारी वकिलले बहस गर्नेछन् ।

Dabur Nepal
NIC Asia

सरकारी पक्षको बहस सकिएपछि पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले बहस गर्नेछन् । कानुन व्यवसायीले यही जेठ ३० गतेसम्म बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले उनीहरूलाई आउँदो मंगलबारसम्म बहस गर्ने समय तोकेका छन् ।

जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएमा उक्त दिन नै थुनछेक आदेश आउनेछ । त्यसक्रममा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल गरी ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो । ३० अभियुक्तमाथि ठगी, किर्ते, राष्ट्रियहितविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ ।

अभियुक्त बनाइएका ३० मध्ये १८ जना पक्राउ परेका छन् । १२ जना अझै फरार छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro