site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट राम्रो तर कर नीति ठिक भएन : चन्द्र ढकाल
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट बनाउने बेलामै सरकारले दोहोरो भूमिका खेल्ने गरेको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले बजेटमा लामा, राम्रा र लोकप्रिय बुँदा राख्ने तर आर्थिक ऐन र विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरिएको बताए ।

“बजेट भाषण सुन्ने बेलामा राम्रा राम्रा बुँदाहरू हुन्छन् । सोही अुनसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,” उनले भने, “तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ ।”

उनले बैंकको एफपीओमा कर लगाउने नीति ठिक नभएको पनि बताए । 

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले यसपल्ट निजी क्षेत्रका सुझावहरू बजेटमा केही समेटिएको पनि बताए । निर्यात बढाउने, आयात निरुत्साहन गर्ने, काठको आपूर्ति र निर्यात बढाउने लगायतका बुँदाहरू बजेटमा समेटिनाले निजी क्षेत्रले त्यसलाइई स्वागत गरेको उनको भनाइछ । 

कुनै नीति तथा बजेटमा आउने सानो फरकले पनि पूरै देशकै उद्योग क्षेत्रको तस्बि देखाउने बताउँदै उनले यस्ता कुरामा सरकारले अर्थतन्त्रलाई के असर पर्छ भनेर अध्ययन गरेरै मात्रै बनाउन आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro