
काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख अमेरिकी डलरबराबरको ऋण सुविधा प्राप्त गरेको छ । विश्व वातावरण दिवसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारीसाधनहरूमा लगानी गर्न बैंकले चार वर्ष अवधिका लागि उक्त रकम प्राप्त गरेको हो ।
जलवायु परिवर्तनले आक्रन्त विश्व, यसको प्रभाबबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रूपमा उपलब्ध गराइनेछ ।
यस्तै, बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अरू अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने पनि विश्वास लिएको छ ।