site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इब्राहिमोभिचले गरे सन्न्यासको घोषणा

काठमाडौं । ज्लाटन इब्राहिमोभिचले ४१ वर्षको उमेरमा फुटबल करियरबाट सन्न्यासको घोषणा गरेका छन् ।

स्वीडेनका फरवार्ड इब्राहिमोभिचले आइतबार राति एसी मिलानले भेरोनाविरुद्ध ३–१ को जित निकालेपछि सन्न्यासको घोषणा गरेका हुन् । सन् २०२२–२३ को सिजन अधिकांश समय चोटसँग जुधिरहेका इब्राहिमोभिचले सन्न्यासपछि मिलानलाई अवसरका लागि धन्यवाद दिए ।

उनले सान सिरोमा समर्थक, क्लबका अधिकारी र सहकर्मीहरूबाट अद्भुत बिदाइ पाएका थिए ।

“रंगशालाभित्र धेरै स्मरण र भाव छन् । म पहिलोपटक यहाँ आउँदा तपाईंहरूले खुसी दिनुभयो । दोस्रोपटक आउँदा माया दिनुभयो,” इब्राहिमोभिचले भने, “म मेरो परिवार र मसँग नजिक भएका सबैमा उनीहरूको धैर्यप्रति धन्यवाद दिन चाहन्छु, खेलाडी, प्रशिक्षक र उनका अफिसियलहरूले मलाई दिएको जिम्मेवारीप्रति । क्लबमा मलाई अवसर दिएकोमा निर्देशकलाई पनि धन्यवाद दिन चाहन्छु ।”

इब्राहिमोभिच सन् २०२० मा दोस्रोपटक मिलान आएका थिए । उनले मिलानका लागि १६३ खेलमा ९३ गोल गरेका छन् । मिलानबाट उनले दुईपटक इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् ।

समग्रमा इब्राहिमोभिचले फुटबल करियरमा ५११ गोल गरेका छन् । उनले बार्सिलोना, पेरिस सेन्ट जर्मन (पीएसजी), मिलान र आयाक्स गरी चार देशका क्लबबाट घरेलु लिगको उपाधि जितेका छन् ।

इब्राहिमोभिचले स्वीडेनका लागि १२१ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरेका छन् । उनी स्वीडेनका उच्च गोलकर्ता समेत हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro