site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
एमाले सांसदको आरोप– प्रधानमन्त्रीले देशमाथि गद्दारी गर्नुभयो
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन् । 

आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरको आरोप लगाए । 

Dabur nepal
Agni Group

"असंवैधानिक हिसाबले प्लेन चढ्नुभन्दा अगाडि नागरिकता विधेयक असंवैधानिक हिसाबबाट यो देशलाई राष्ट्रघात हुने गरी उहाँले राष्ट्रपतिलाई प्रमाणीकरण गर्न उक्साएर, प्रमाणीकरण गरेर कोसेली लिएर जानुभयो । एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिनेगरी आएको छु महामहिम भन्न पुग्नुभयो । त्यसलाई उहाँले उपलब्धि ठान्नुभयो । यो देशका सिमाका विषयमा, लिपुलेक र कालापानीको विषय सत्ता भर्ने, कता कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो ?," बर्तौलाले भने । 

प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै उनले त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu