site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
पुँजीगत लाभकर विवाद हटाउने अर्थमन्त्रीको प्रतिबद्धतापछि ५३ अंकले बढ्यो नेप्से
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले सेयर लगानीकर्तासँग सहमति गरेपछि नेप्से परिसूचक ५३ अंकले बढेको छ ।

त्यसअघि, लगानीकर्ताले बजार खोल्न नै दिएका थिएनन् । अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा आन्दोलनमा उत्रेका लगानीकर्तासँग पुँजीगत लाभकर अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत लाग्ने र त्यही कर अन्तिम भएको उल्लेख गरेका थिए ।

Dabur nepal
Agni Group

बजेटमा भने अर्थमन्त्रीले ६ लाखभन्दा बढी सेयरबाट नाफा कमाएका लगानीकर्तालाई आयकरअनुसारको कर तिर्न आउन अनुरोध गरेका थिए । सरकारले घाटामा भएका लगानीकर्तालाई समेत सहुलियत दिएको प्रचार गरे पनि लगानीकर्ता बजेटपछि नै आन्दोलित भएका थिए ।

सरकारले बजेटमा एफपीओको प्रिमियम र मर्जर तथा एक्विजेसनमा आउने समेत निर्णय गरेको थियो । जसको कारण बजेटपछि सेयर बजार ओरालो लागेको थियो ।

आइतबार अर्थमन्त्रीको प्रतिबद्धतापछि नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ बिन्दुमा पुगेको छ । सेयर बजारमा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने लगानीकर्तामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता छन् । बजारमा सामूहिक लगानी कोष र ऋणपत्रबाहेक कम्पनीहरुको सेयर मूल्य बढेको देखिएको छ । होटलमा समेत लगानीकर्ताको माग बढी देखिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu