site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो जयकुमारनाथ साह स्मृति क्रिकेट : सेमीफाइनल समीकरण पूरा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । दोस्रो जय कुमार नाथ साह स्मृति अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता (काठमाडौं जिल्ला यू–१९ छनोट)को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार भएका चार क्वार्टरफाइनलबाट सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । 

त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वार्टरफाइनलमा ग्यालेक्सी पब्लिकलाई २६ रनले हराउँदै सैनीक आवासिय महाविद्यालयले सेमिफाइनलमा स्थान पक्का गर्‍यो । खेलमा सैनिकले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा ग्यालेक्सीले १८.३ ओभरमा सबै विकेट गुमाएर १०६ रनमात्र बनाउन सक्यो ।

दिनको दोस्रो क्वार्टरफाइनलमा डीएभी सुशिल केडीया विश्व भारती स्कुलले एन्जल्स हार्ट नेसनल स्कुललाई ५१ रनले पराजित गर्दै अन्तिम–४ यात्रा तय गर्‍यो । खेलमा डीएभीले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याउने क्रममा एन्जल्स हार्टले २० ओभर ब्याटिङ गर्दा सबै विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो ।
 
तेस्रो क्वार्टरफाइनलमा नेपाल पुलिस स्कुललाई चार विकेटले हराउँदै मोक्षदा स्कुलले सेमिफाइनलमा स्थान बनायो । खेलमा पुलिसले प्रस्तुत गरेको १७१ रनको लक्ष्य मोक्षदाले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । 

यस्तै, चौथो क्वार्टरफाइनलमा अपी स्कुललाई ३२ रनले हराउँदै गेटवे एकेडेमीले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । खेलमा गेटवेले प्रस्तुत गरेको १८७ रनको लक्ष्य पछ्याउने क्रममा अपीले २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro