site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै 

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम आइतबार प्रतिनिधिसभा बैठक निर्णयार्थ पेस हुने भएको छ । 

राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

Argakhachi Cement Island Ad

यसैबीच, नेकपा (एमाले)ले आइइबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । 

एमाले प्रमुख सचेत महेश बर्तौालले जारी गरेको ह्विपमा भनिएको छ, “नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ, नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ ।”

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्