site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी प्रधानमन्त्रीले भने : भारतको आरोप निराधार 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सहमति घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार राति राष्ट्रका लागि सम्बोधन गर्दै अमेरिका, बेलायत र चीनलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई उनीहरूको नामै लिएर बधाई दिए । साथै भने, “यो पाकिस्तानको ऐतिहासिक जित हो ।”

उनले पाकिस्तानका विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे । शरीफले सम्बोधन सुरु गर्दै भने, “यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षाका लागि जे पनि गर्नेछौँ ।”

उनको देशविरुद्ध लगाइएका आरोप निराधार भएको र यसको जाँच गर्ने पनि उनले दाबी गरे । शहबाज शरीफको सम्बोधनको बारेमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

तर, उनको सम्बोधनभन्दा केही समयअगाडि भारतीय विदेशसचिव विक्रम मिस्रीले एक विशेष पत्रकार सम्मेलन आयोजना गर्दै पाकिस्तानले सम्झौताको घोर उल्लंघन गरिरहेको आरोप लगाएका थिए । बीबीसी हिन्दी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro