site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

नयाँ दिल्ली । भारतको पूर्वी राज्य उडिशामा दुई यात्रीवहाक रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । ८०३ जना घाइते भएका छन् ।

टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ ।”

Dabur Nepal
NIC Asia

घाइते यात्रीलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिशा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसननजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ । दुर्घटनाका कारण हालसम्म ४८ रेलको आवागमन रद्द गरिएको छ । ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ भने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro