site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
रियलमीको नार्जाे एन५५ र एन५३ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वकै प्रमुख स्मार्टफोन ब्रान्डमध्येको एक रियलमीले नेपालमा आफ्ना दुई नयाँ फोन सार्वजनिक गरेको छ । शुक्रबार कम्पनीले काठमाडौंमा एक कार्यक्रममार्फत रियलमी नार्जो एन५५ र नार्जो एन५३ फोन सार्वजनिक गरेको हो । 

दुवै फोन ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम १२८ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छन् ।

दुवै फोनमा २ टेराबाइटसम्म स्टोरेज थप्न सकिन्छ। 

Dabur nepal
Agni Group

कुन फोन कस्तो ?

नार्जाे एन५५

यस फोनमा ५० प्रतिशत चार्ज २९ मिनेट र फुल चार्ज ६३ मिनेटमा हुने कम्पनीको दाबी छ ।

नार्जाे एन५५ फोन प्राइम ब्लु र प्राइम ब्ल्याक रङमा उपलब्ध छ । फोनका पछाडि दुई वटा रिङ रहेको छ भने छेउमा फ्लास छ ।

७.८९ एमएम मोटाइ भएको नार्जाे एन५५ मा यूएसबी सी पोर्ट, माइक र ३.५ एमएमको हेडफोन पोर्ट छ ।

बायाँतिर सिम कार्ड ट्रेमा दुई सीम कार्ड र एसडी कार्ड राख्न सकिन्छ । दायाँतिर आवाज बढाउने घटाउने बटन र फिङ्गर सेन्सरसहितको पावर बटन छ ।

फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.७२ इन्चको एफएचडी प्लस आईपीएस एलसीडी डिस्प्ले छ । जसमा १८० हर्जको सेम्पिलिङ रेट र एक करोड ६७ लाख रङ देखाउनसक्ने क्षमता छ ।

मिडियाटेक हेलियो जी८८ चीपसेट रहेको फोनमा  १२ एनएमको प्रोसेस नोड छ भने २ गिजाहर्ज पावर रहेको छ । ग्राफिक्सका लागि माली जी–५२ जीपीयु रहेको छ ।

dgdgdg1685703515.jpg

क्यामेरा, स्टोरेज र ब्याट्री
नार्जाे एन५५को पछाडि मा ६४ मेगापिक्सलको मेन सेन्सर र २ मेगापिक्सको डिप्थ्थ सेन्सर क्यामेरा रहेको छ । 

यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको सेल्फी क्यामेरा छ । 

पछाडिको क्यामेराले १०८० पी र ६० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्न सक्छ भने अगाडिको सेल्फि क्यामेराले १०८० पी र ३० फ्रेम प्रति सेकेण्डको भिडियो खिच्न सक्छ ।

फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाटको सुपरभोक चार्जिङ रहेको छ । रियमल युआई ४.० एडिसन रहेको एन५५ एन्ड्रोइड १३ मा आधारित छ ।

रियलमी नार्जाे एन५५ को ४ जीबी र्‍याम, ६४ जीबी स्टोरेजको भेरियन्टको मूल्य  २०,४९९ तोकिएको छ । यस्तै, रियलमी नार्जाे एन५५ को ६ जीबी र्‍याम, १२८ जीबी स्टोरेजको भेरियन्टको मूल्य २४, ४९९तोकिएको छ ।

नार्जाे एन५३

यस फोनमा ५० प्रतिशत चार्ज ३१ मिनेट र फुल चार्ज ८८ मिनेटमा हुने कम्पनीको दाबी छ । 

नार्जाे एन५३ फोन कालो र सुनौलो रङमा उपलब्ध छ । पछाडि तीनवटा रिङ रहेको फोनमा दुई वटामा क्यामेरा र एउटामा फ्लास रहेको छ ।

७.४९ एमएम मोटाइ भएको नार्जाे एन५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्येको दाबी गरेको छ । फोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम छ ।

फोनको फिङ्गर सेन्सर पावर बटनमा रहेको छ ।

फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्ट रहेको छ । दायाँतिर सिम कार्ड ट्रेमा दुई सिम कार्ड र एसडी कार्ड राख्न सकिन्छ ।

फोनमा ९० हर्जको रिफ्रेस रेटसहित फोनमा ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । 

फोनमा युनिसक टाइगर टी६१२ चीपसेट रहेको छ । चिपसेटमा १२ एनएम प्रोसेस नोड छ भने, १.८ गिजाहर्ज पावर रहेको छ । ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।

sghsdhg1685703515.jpg

क्यामेरा, स्टोरेज र ब्याट्री
नार्जाे एन५३ मा ५० मेगापिक्सलको एआई पछाडिको मुख्य क्यामेरा रहेको छ । 

यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । पछाडिको क्यामेराले १०८० पी र ३० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्न सक्छ भने अगाडिको सेल्फी क्यामेराले ७२० पी र ३० फ्रेम प्रति सेकेन्डको भिडियो खिच्न सक्छ ।

फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाटको फास्ट चार्जिङ रहेको छ । फोनसँगै ११ भोल्टको चार्जिङ एडेप्टर, सी टाइप यूएसबी केबल, प्रोटेक्ट केस आउँछ ।

रियमल यूआई टी एडिसन रहेको एन५३ एन्ड्रोइड १३ मा आधारित छ ।

रियली नार्जाे एन५३ को ४ जीबी र्‍याम, ६४ जीबीको भेरियन्टको मूल्य १५,९९९ तोकिएको छ ।

यस्तै, रियली नार्जाे एन५३ को ६ जीबी र्‍याम, १२८ जीबीको भेरियन्टको मूल्य १८,९९९ तोकिएको छ ।

दुवै फोन जुन ७ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro