site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनकोसीमा खसेको सीटीईभीटीको गाडीमा सवारी थिए यी तीन कर्मचारी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को एउटा गाडी (जीप) सुनकोसी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको हो ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ ।

ती कर्मचारीको खोजी जारी छ । उनीहरू भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए । गाडी नदीमा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका थिए । अहिले स्थानीय अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro