
काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ गुड्न थालेका छन् ।
यी विद्युतीय ट्याक्सी काठमाडौंको सडकमा फरक देखिन्छन् भने वातावरणमैत्री समेत रहेका छन् ।
टाटा मोटर्सको यो प्रिमियम विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जीपीएस प्रविधि जडान गर्दै फ्लीट म्यानेजमेन्ट सुविधा थपेको बताएको छ ।
एक्सप्रेस–टि का प्रिमियम विद्युतीय ट्याक्सी धनीहरूले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ–कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्ने कम्पनीले जनाएको छ ।
विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न सक्ने कम्पनीको भनाइ छ ।
जीपीएस जडित गाडी ग्राहकहरूको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरूले पनि एक्सप्रेस–टी विद्युतीय ट्याक्सीलाई रुचाउन थालेको कम्पनीले जनाएको छ ।
आगामी समयमा यस जीपीएस प्रविधिले सबै विद्युतीय सवारी साधनहरूलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्याउने कम्पनीको विश्वास छ ।
नयाँ प्रविधिसँगै आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी अधिकांशको रोजाईमा परेको कम्पनीले जनाएको छ ।