site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा रहेका नेपालीलाई आपत्‌कालीन सेवा चाहिए यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्‌कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।

“भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपत्‌कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ,” सूचनामा भनिएको छ ।

कुनै आपत्‌कालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय र सहजीकरण गर्ने जनाइएको छ ।

भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँदिल्लीस्थित दूतावासमा +९१–११२३४७६२०० नम्बरमा, हटलाइन नम्बर : +९१–८९२९६०१९२५ मा, कोलकक्तास्थित महावाणिज्य दूतावासमा टेलिफोन नम्बर : +९१–०३२४५६१२२४ र मोवाईल नम्बर : +९१–९७४८४६६९०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro