site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमले पायो आईएसओबाट प्रमाणीकरण

काठमाडौं । नेपालमा डीटीएच  सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्कले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्यान्डर्ड रेजिस्टेकले डिशहोमलाई आईएसओ सर्टिफाई गरेको हो ।

यसका लागि कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्यांकन, ग्राहक सेवाको गुणस्तरका आधारमा निरीक्षण गरिएको थियो ।

स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुनाकाप्चामा गुणस्तरीय सेवा प्रदान गरिरहेको कम्पनीले पछिल्लो समय अरू सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।

नेपालको पे टीभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्ना ग्राहकलाई उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गरिरहेको जनाएको छ । यस्तै, ग्राहक सेवालाई अझ सहज बनाउन देशैभरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको जनाइएको छ ।

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले कम्पनीले आईएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको जनाएइको छ ।

अबका दिनमा कम्पनीले अझै समयानुसारको प्रविधि प्रयोग गरी विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro