site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल २७ रनले विजयी, शृंखलामा २–१ को अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली महिला टिमले बिहीबार मलेसियाविरुद्धको तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २७ रनको विजय हासिल गरेको छ ।

कप्तान रुविना क्षेत्रीले आक्रामक २७ रन बनाउनुका साथै सीता रानामगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरेपछि नेपाली टिम विजयी भएको हो । 

मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको थियो । १११ रनको लक्ष्य पछ्याएको मलेसियाले चार विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । 

यस जितसँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा २–१ को अग्रता लिएको छ । नेपाल पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेल सात विकेटले जितेको थियो । 

ओपनर कविता कुँवर दुई रन बनाएर पवेलियन फर्किएपछि अर्का ओपनर सीता र ज्योतिले नेपालको इनिङ्स सम्हालेका थिए । यी दुईले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । ज्योतिले तीन चौकासहित २३ रन बनाइन् । 

त्यसपछि सीताले इन्दु बर्मासँग तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गरिन् । सीताले ३५ बलमा २१ रन बनाइन् । त्यसपछि इन्दु र कप्तान रुविनाले चौथो विकेटका लागि २९ रनको साझेदारी गरे ।

इन्दुले ३० बलमा २० रन जोडिन् । रुविनाले १५ बलमा तीन चौका र एक छक्कासहित २७ रन बनाइन् । कविता जोशी एक र विन्दु रावल तीन रनमा अविजित रहे । 

मलेसियाकी निक नुर एतिला निक दिनले दुई विकेट लिइन् । आइसा एलीसा फिरदौज र विनिफ्रेड एन्नी दुराइसिनगमले एक एक विकेट लिए । 

१११ रनको लक्ष्य पछ्याएको मलेसियाकी माहिरा इजाती इस्मालीले अविजित ४४ रन बनाए पनि टिमलाई जिताउन सकिनन् । उनले ५४ बलमा ६ चौका प्रहार गरेकी थिइन् । इस्मालीबाहेक मलेसियाको लागि दुराइसिनगमले २० रन जोडिन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका कविता कुँवर, सीता र इन्दुले एक एक विकेट लिए । अब चौथो खेल शनिबार हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro