site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
कोसीमा स्वास्थ्यमन्त्रीको राजीनामापछि दबाबमा माओवादी, समर्थन फिर्ता लिन्छ ?
Ghorahi CementGhorahi Cement

विराटनगर । कोसी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छन् । प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्दै लिम्बूले बुधबार राजीनमा दिएकी हुन् ।

उनको राजीनामासँगै एमाले नेतृत्वको सरकारलाई समर्थन दिइरहेको नेकपा (माओवादी केन्द्र) ले ‘अब के गर्ला ?’ भन्ने प्रश्नसमेत उठेको छ । 

संघीय सरकारमा गठबन्धनमा रहेका दलले (कांग्रेसबाहेक) कोसी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई साथ दिइरहेका छन् । सरकारबाट फिर्ता हुन यसअघि पटकपटक संघीय सत्ता गठबन्धनको एक घटक कांग्रेसले कोसी प्रदेशमा दबाब दिइरहेको थियो ।

Dabur nepal
Agni Group

संसदीय दलले निर्णय नै गरी माओवादी केन्द्र र जसपालाई पत्राचार गरी सरकारबाट अलग हुन आग्रह गरेको थियो ।  

मन्त्री लिम्बूको दल जनता समाजवादी पार्टी (जसपा)ले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई समर्थन दिएसँगै उनी २०७९ पुस २५ गते प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएको तर मुख्यमन्त्रीले बेवास्ता गरेको जनाउँदै आफूले राजीनामा दिएको जनाएकी छिन ।

“पहिचान पक्षधरको आवाजलाई वार्ता र सम्वादमार्फत सम्बोधन गर्न प्रस्ताव गर्दा पनि अस्वीकार गरेकोले नैतिकताको आधारमा राजीनामा दिएको छु,” उनले भनेकी छन् ।

उनी कोसी प्रदेश सभा जसपा संसदीय दलको नेतासमेत हुन् । 

विराटनगरमा जसपाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री लिम्बूले आफू पहिचान पक्षधर भएपनि गत आइतबार प्रदेश सभा सचिवालय नजिकै भएको आन्दोलनको क्रममा आफूले नेतृत्व गर्ने मन्त्रालयमा समेत आक्रमण हुनु निन्दनीय भएको बताइन् ।

उनले भनिन्, “पहिचान पक्षधरबाट समेत मेरो चत्रिर हत्या गर्ने काम भयो । पहिचानकै लागि लडिरहेको भए पनि आक्रमण भयो ।”

उनले कोसी नामकरणमा समेत फरक मत राख्दै महिचानको पक्षमा बोलेकी थिइन् ।

लिम्बूले राजीनामा दिएसँगै संघीय सरकारमा सत्ता गठबन्धनसँगै रहेको नेकपा (माओवादी केन्द्र) दबाबमा परेको छ ।

कोसी प्रदेश सरकार गठन हुँदा एमालेका हिक्मत कुमार कार्कीलाई एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना सांसदको समर्थन प्राप्त थियो । जसपा सरकारबाट बाहिरिनुलाई नेपाली कांग्रेसले स्वागतयोग्य भनेको छ ।

कांग्रेस संसदीय दल कोसी प्रदेशका प्रमुख सचेतक भुपेन्द्र राईले सत्ता गठबन्धनको दल अर्को पार्टीको नेतृत्वको सरकारमा बसिरहनु व्यवहारिक हिसाबले पनि ठिक थिएन । 

सरकारबाट फिर्ता हुन कांग्रेसले आग्रह गरे पनि माओवादीले भने प्रदेशबाट यस विषयमा कुनै निर्णय हुन नसक्ने भन्दै कांग्रेसले गरेको पत्राचारबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराइएको जनाएको थियो ।

माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेसको पत्रको व्यहोरा पार्टी अध्यक्षलाई जानकारी गराइएको बताएका छन्  ।

एमाले नेतृत्वको सरकारमा माओवादीका दुई मन्त्री छन् । अब माओवादी सरकारबाट बाहिरिए कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने छ । राप्रपाले साथ दिइरहँदा कार्कीको समर्थनमा जम्मा ४६ सांसदमात्र रहनेछन् । सत्ता गठबन्धनसँग सरकार गठन गर्न आवश्यक बहुमत छ । 

कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका एक सांसदले बहुमत ४७ मत पुग्छ । सरकार फेर्न तत्काल पहल थाल्ने नथाल्ने विषयमा दलहरूबीच छलफल सुरु नभएको कांग्रेसले जनाएको छ । राप्रपा पनि गठबन्धन सरकारमा सामेल भए ५३ सांसदको मतसहित नयाँ सरकार गठन हुने छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu