site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रिमियर लिग २०२२–२३ : बर्खास्ती, नाटकीय उपाधि होड र रेलिगेसन ब्याटल
Sarbottam CementSarbottam Cement

काठमाडौं । इङ्लिस प्रिमियर लिगको सिजन २०२२–२३ आइतबार रातिबाट समाप्त भयो । आइतबार बर्नमाउथलाई हराउँदै एभर्टन प्रिमियर लिगमा कायम रहँदा अन्तिम दिन लेस्टर सिटी र लिड्स रेलिगेसनमा परे ।

यस सिजन प्रिमियर लिगमा उपाधिका लागि, युरोपियन प्रतियोगिताका लागि र रेलिगेसनबाट जोगिनका लागि क्लबहरूबीच चर्को प्रतिस्पर्धा चलेको देखियो । यस सिजन प्रिमियर लिग निकै अप्रत्यासित नतिजाको साक्षी पनि बन्यो । 

यस सिजन प्रिमियर लिगमा देखिएका केही फरक दृष्यहरू :

Prabhu Bank
Agni Group
NIC Asia

प्रशिक्षक परिवर्तनमा कीर्तिमान

यस सिजन प्रशिक्षक परिवर्तनमा आश्चर्यजनक घटनाहरू देखिए । प्रिमियर लिगमा कुल १४ प्रशिक्षक परिवर्तन भए । यसमध्ये पनि चेल्सी, लिड्स र साउथह्याम्पटनले समान दुईपटक प्रशिक्षकलाई बर्खास्त गरे ।

Global Ime bank

प्रिमियर लिगका २० मध्ये ९ क्लबहरूले मात्र एकै प्रशिक्षकको प्रशिक्षणमा रहेर सिजनको अन्त्य गरे । रेलिगेसनमा परेका तीनवटै क्लब लेस्टर, लिड्स र साउथह्याम्पटनले छोटो समयका लागि सम्झौता भएका प्रशिक्षकहरूको निगरानीमा रहेर सिजनको अन्त्य गरे ।

चेल्सीले माउरिसियो पोचेटिनोलाई प्रशिक्षकको रूपमा अनुबन्ध गरिसकेको छ । यसअघि चेल्सी फ्राङ्यक लाम्पार्डको निगरानीमा थियो, जो सिजनको सुरुवातमा एभर्टनका प्रशिक्षक थिए । रोए हड्सन र र्यान मासोन क्रमशः क्रिस्टल प्यालेस र टोटनहमको प्रशिक्षकको सम्झौताबाट बाहिरिसकेका छन् ।

lampard1685538673.png

चेल्सीको उतारचढाव

चेल्सीका लागि २०२२–२३ सिजन इतिहासमा सधैँ स्मरण रहिरहने छ । तर, राम्रो प्रदर्शनका कारण भने होइन । चेल्सीले १२औँ स्थानमा रहँदै सिजनको अन्त्य गर्‍यो । सन् १९९५–९६ को सिजनपछि चेल्सीले यति कमजोर स्थानमा रहेर सिजनको अन्त्य गरेको हो । तर, यो मात्र स्टाम्फोर्ड ब्रिजको यस सिजनको सम्पूर्ण कहानी होइन ।

गत सिजनको अन्त्यमा टोड बोह्लीले क्लबको स्वामित्व लिएपछि चेल्सीले ५८३ मिमिलयन पाउन्ड खर्च गरिसकेको छ । क्लबले एक वर्षको अवधिमा क्लबले चार (अन्तरिमसमेत गरी) प्रशिक्षक पाएको छ । 

चेल्सीले जनवरीमा ३०० मिलियन पाउन्डभन्दा धेरै र समरमा २७० मिलियन पाउन्ड हालसम्म ट्रान्सफर विन्डोमा खर्च भएका अहिलेसम्मको तीन सर्वाधिक रकममध्येको दुई हो । यसअघि सन् २०१९ को समर विन्डोमा स्पेनिस क्लब रियाल मड्रिडले २९२ पाउन्ड खर्च गरेको थियो । 

बोह्लीले च्याम्पियन्स लिगको उपाधि जिताउने प्रशिक्षक थोमस टचेललाई बर्खास्त गरे । र, ग्राहम पोर्टरलाई पाँच वर्षको सम्झौतासहित क्लबको प्रशिक्षण जिम्मेवारी सुम्पिए । यसका लागि क्लबले पोर्टर र उनको प्रशिक्षण सहयोगीहरूलाई २१ मिलियन पाउन्ड खर्च गरेको थियो ।

तर, सात महिनापछि पोर्टर बर्खास्तीमा परे । उनका सहयोगी ब्रुनो साल्टरले प्रशिक्षणको अन्तरिम जिम्मेवारी पाए । तर, साल्टरले पनि एक खेलमात्र खेलाउन पाए । यसपछि बोह्लीले लाम्पार्डलाई क्लबको जिम्मेवारीमा ल्याए । लाम्पार्ड उनै थिए, जसलाई चेल्सीले केही वर्षअघि बर्खास्त गरेको थियो ।

लाम्पार्ड बर्खास्त भएपछि नै टचेल चेल्सीको जिम्मेवारीमा आएका थिए । चेल्सीले लाम्पार्डको प्रशिक्षणमा खेलेको ११ खेलमध्ये एक खेलमा मात्र जित निकाल्यो । यता, टचेलले यस सिजन जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेका छन् । 

यस सिजन कुल १६८ मिलियन पाउन्ड मूल्यका खेलाडी (पिएरी एमरिक औबामयाङ, बेनोइट बाडिएसिल, नोनी माडुएक, ड म्याख्यालो मुन्द्रिक, कार्ने चुवेइमेका र डाट्रो फोफाना) ले चेल्सीबाट १००० मिनेट खेल्न पाएनन् ।

Chelseasfg1685538927.JPG

नटिङ्घमको प्रभावकारी रणनीति

चेल्सीका अनुसार खेलाडी सम्झौतामा उसले क्षमतालाई हेरेको थियो (सैद्धान्तिक रूपमा, यदी त्यो प्रयोगमा देखिएन भने) । तर, नटिङ्घमका लागि भने खेलाडी सम्झौता संख्याका लागि मात्र थियो ।

सन् २०२१–२२ को सिजन च्याम्पियन्ससिपबाट प्रिमियर लिगमा बढुवा भएपछि नटिङ्घमले २९ नयाँ खेलाडीसँग सम्झौता गरेको छ । च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा हुँदाको टिमले नै क्लब छोडिसकेका छन् ।

ट्रान्सफर विन्डोले समेत उनीहरूलाई रोक्न सकेन । नटिङ्घमले सेप्टेम्बर र फेब्रुअरीमा समेत ‘फ्री एजेन्ट’मा रहेका खेलाडीसँग सम्झौता गर्‍यो । लिगमा १४ प्रशिक्षक परिवर्तन हुँदा आश्चर्यजनक रूपमा स्टिभ कुपर उनीहरूमध्ये परेनन् । प्रिमियर लिगको सुरुवातका आठ खेलको नतिजा आउदा नटिङ्घम तालिकाको पुछारमा थियो । यो नतिजाका कारण कुपर बर्खास्तगीमा पर्ने धेरैको अनुमान थियो । तर, आश्चर्यजनक रूपमा उनी बर्खास्तमा परेनन् । उल्टै कुपरले नयाँ सम्झौतामा हस्ताक्षर गर्दै सबैलाई अचम्मित पारे । अप्रिलमा पुनः कुपर नटिङ्घमको सम्झौताबाट बाहिरिने चर्चा चलेको थियो । तर, क्लबले त्यसबेला पनि एक विज्ञप्ति जारी गर्दै कुपर प्रशिक्षकको जिम्मेवारीमा कायमै रहेको र रहने स्पष्ट पारेको थियो ।

सिजनको अन्त्यमा क्लबको यो रणनीतिले काम पनि गर्‍यो । नटिङ्घमले प्रिमियर लिगमा अस्तित्व बचायो । १६औँ स्थानमा रहेर सिजन अन्त्य गरेको नटिङ्घमभन्दा तलका चारवटै क्लबले प्रशिक्षक परिवर्तन गरेका थिए ।

nottingham forrest1685538667.jpg

खुला रेलिगेसन ‘ब्याटल’

यस सिजन कुनै टिमसँग सम्बन्ध नराख्ने समर्थकले पनि प्रिमियर लिगमा चर्को रेलिगेसन संघर्षको आनन्द उठाउन पाए । मार्च ३१ सम्म पुछारका नौ टिम १० वा ११ खेल बाँकी हुँदा चार अंकले मात्र अघि पछि थिए । १२औँ स्थानमा रहेको क्रिस्टल प्यालेसको २७ अंक हुँदा पुछारको साउथह्याम्पटनको २३ अंक थियो ।

यसपछि अन्य क्लबले आफ्नो टिमलाई अंक तालिकामा सुधारोन्मुख बनाउँदै लगे । तर, साउथह्याम्पटन भने जहाँको त्यही रह्यो । तर, पनि यो सिजन सन् २०१७–१८ को सिजनपछि ३५ खेलको नतिजा आइसक्दा पनि रेलिगेसनमा पर्ने कुनै पनि टिमको टुंगो नलागेको पहिलो सिजन बन्यो ।

पुछारमा रहेका दुई टिमले मार्चपछि प्रशिक्षक परिवर्तन गरे र दुवै रेलिगेसनमा झरे । लेस्टरले डिन स्मिथलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । लिड्सले प्रशिक्षकको जिम्मेवारीमा साम एलार्डास र कार्ल रोबिन्सनलाई ल्यायो । 

लिगको अन्तिम दिन एभर्टन, लेस्टर र लिड्सबीच बाँकी रहेको दुई रेलिगेसन टिमका लागि प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन एभर्टनले जित निकाल्दा लेस्टर र लिड्सको नतिजा औचित्यहीन बन्यो । फलतः लेस्टर र लिड्स रेलिगेट भए ।

मध्य सिजनमा ‘ब्रेक’

क्लबले मध्य नोभेम्बरदेखि डिसेम्बर २६ सम्म कतार विश्वकपका कारण ६ हप्ता प्रिमियर लिगका कुनै खेल खेलेनन् । कतारमा भएको विश्वकप जाडोमा आयोजना भएको थियो । केही टिमले विश्वकप खेल्न जाने टिममा नरहेका खेलाडी केही दिन र केही हप्ताको लागि विदा दियो । 

युनाइटेड अरब इमिरेट्स (यूएई), अस्ट्रेलिया, साउदी अरेबिया, स्पेन र पोर्चुगल खेलाडीहरूका लागि गन्तव्य बनेका थिए । यस समयमा लिगका आधा क्लबहरूले भने एक–अर्काविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेर समय बिताए ।

लिभरपुल र आर्सनलले दुबई सुपर कप खेले । एभर्टनले सिड्नी कप, क्रिस्टिल प्यालेसले ब्राजिलियनल क्लब बोटाफोगालाई आतिथ्यता प्रदान गर्‍यो । केही टिमले ला लिगाका क्लबहरूसँग खेले । फुलहमले वेस्ट ह्यामलाई आतिथ्यता प्रदान गर्‍यो ।

त्यसबेला अंकतालिका पूर्ण रूपमा फरक थियो । आर्सनल शीर्ष स्थानमा रहँदा चेल्सी युरोपियन प्रतियोगितामा स्थान बनाउने स्थानबाट गोलआधारमा मात्र एक स्थान पछि थियो । तालिकाको पुछारमा वुल्स थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडका खेलाडी थिए । 

विश्वकप खेलेका कारण ‘ब्रेक’पछि क्लबहरूले खासै खेलाडीहरू गुमाउनु परेन । म्यानचेस्टर सिटीबाट प्रिमियर लिगकै सबैभन्दा धेरै १६ खेलाडी विश्वकपका लागि कतार पुगेका थिए । सिटीले लिगको उपाधि पनि रक्षा गर्‍यो । साउथह्याम्पटनका दुई खेलाडीमात्र विश्वकप खेल्ने टिममा थिए । साउथह्याम्पटन रेलिगेसनमा पर्‍यो ।

कडा उपाधि प्रतिस्पर्धा 

सिजनको सुरुवातदेखि मध्यसम्म आर्सनल उपाधि दौडमा सबैभन्दा अघि थियो । उपाधिका लागि अघि बढिरहेको आर्सनल सन् २००३–०४ पछि पहिलोपटक लिग च्याम्पियन बन्ने नजिक थियो ।

आर्सनल एक खेल बढी खेलेको भए पनि सिटीभन्दा आठ अंक माथि थियो । २९ खेल खेल्दासम्म आर्सनल तालिकाको शीर्ष स्थानमा थियो । तर, उनीहरूले त्यस्तै अभागी बने, जसरी पछिल्लो केही वर्षयता लिभरपुल गुज्रिरहेको थियो । आर्सनल सिटीको विजयी यात्रा रोक्न कसैगरी पनि सफल हुन सकेन । 

माइकल अर्टेटाको प्रशिक्षणमा आर्सनल २४८ दिन तालिकाको शीर्ष स्थानमा रह्यो । प्रिमियर लिगको इतिहासमा कुनै पनि टिम यति लामो समयसम्म शीर्ष स्थानमा बसेर पनि उपाधि नजितेको यो पहिलोपटक हो । आर्सनलले यति लामो समय शीर्ष स्थान ‘कब्जा’ गरे पनि अन्त्यमा सिटीले तीन खेल बाँकी रहँदै लिगको उपाधि चुम्यो ।

ग्वार्डिओलाले सन् २०१६ मा प्रशिक्षण सम्हालेयता सिटीले लिगका अन्तिम १० खेलबाट २१ देखि ३० अंक जोडेको छ । जुन औसतमा एक खेल बराबर २.४३ अंक हुन आउँछ । 

सिटी सन् २०१५–१६ को सिजनयता प्रत्येक वर्ष प्रिमियर लिगको उपाधिको प्रमुख दाबेदारको रूपमा रहँदै आएको छ । यही समयमा आर्सनल दाबेदारिताको छैटौँ स्थानमा छ ।

प्रिमियर लिग च्याम्पियन अब ‘ट्रेबल’ को लक्ष्यमा छन् । एक उपाधि र दुई फाइनलमा रहेको सिटीले ‘ट्रेबल’का लागि एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । यी दुई फाइनल अबका दुई शनिबारमा हुने छन् । यी दुवै उपाधि जिते सिटी सन् १९९८–९९ पछि ‘ट्रेबल’ जित्ने पहिलो इङ्ग्लिस टिम बन्ने छ । त्यसबेला युनाइटेडले ‘ट्रेबल जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC