site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रक्षा मन्त्रालयले भन्यो– एपीसी खरिद प्रक्रिया अघि बढाउन देउवाको संलग्नता छैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । रक्षा मन्त्रालयले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको कार्यकालमा एपीसी खरिद प्रक्रिया अघि नबढाइएको जिकिर गरेको छ ।

मंगलबार मन्त्रालयका सहायक प्रवक्ता कविता निरौला ढुंगेलको हस्ताक्षरित विज्ञप्तिमा ‘देउवाको संलग्नता’ भन्ने समाचारमा सत्यता नभएको जिकिर गरिएको हो ।

“केही दिनयता विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएकोप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “पूर्वप्रधानमन्त्री तथा रक्षामन्त्री श्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चारमाध्यममा आएको विषयमा सत्यता नरहेको व्यहोरा स्पष्ट गरिएको छ ।”

नेपाली सेनाका निम्ति हतियार खरिदका लागि चीनसँग जीटुजी सम्झौता प्रक्रिया अघि बढाइएको भन्दै टिप्पणी भएको थियो । त्यसमा अपारदर्शी प्रक्रिया अपनाइएको र भारत, अमेरिकासहितका मित्रराष्ट्रले चासो राखेको विषय सार्वजनिक भएको थियो ।

सहायक प्रवक्ताको हस्ताक्षर रहेको विज्ञप्तिमा मन्त्रालयको लेटरप्याड भने प्रयोग गरिएको छैन ।

विज्ञप्ति पढ्नोस्–

adfdg1685442269.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro