site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दरबार र गौर हत्याकाण्डाको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याइने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायत घटनाको अुनसन्धान गरी निचोडमा पुगिने उल्लेख गरे । उनले ०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणका बारेमा खोजीनिती गर्ने प्रतिबद्धता पनि जनाए ।

भ्रष्टाचार र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र ती घटनामाथि गरिने शंकाको निवारण गर्नुपर्ने उनको भनाइ छ ।

“मैले सदनमा पनि भनेको छु– अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु– २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणहको बारेमा खोजीनिती गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नु छ, चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन,” उनले भने, “नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ, अब केही हुन्छ र हुनसक्छ भनेर ।” 

प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि हुने आफ्नो भारत भ्रमणका क्रममा विद्युत्को बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भारत भ्रमणमा सिमाना विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने उल्लेख गरे । आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro