site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोचेटिनो चेल्सीको नयाँ प्रशिक्षक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इंग्लिस क्लब चेल्सीले पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

अर्जेन्टिनाका ५१ वर्षीय पाचेटिनोलाई चेल्सीले सोमबार आधिकारिक रुपमा सार्वजनिक गरेका हो । यस सिजन तालिकाको १२औं स्थानमा रहेर सिजनको अन्त्य गरेको चेल्सीको प्रशिक्षण हाल फ्रांयक लाम्पार्डले सम्हालिरहेका छन् । चेल्सीले ग्राहम पोर्टरलाई बर्खास्त गरेपछि लाम्पार्डलाई अन्तरिम प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।

चेल्सीका सह खेलकुद निर्देशक लौरेन्स स्टेवार्ड र पाउल विन्स्ट्यान्लीले पोचेटिनोको अनुभवले चेल्सीलाई आगामी दिनमा निकै अघि पुर्याउने उल्लेख गरेका छन् ।

“पोचेटिनोको अनुभव, नेतृत्व क्षमता र व्यक्तित्वले आगामी दिनमा चेल्सीसँग उत्कृष्ट कार्य दिनेछ । उनी विजयी प्रशिक्षक हुन् । जसले विभिन्न उच्चस्तरका लिग र भाषामा कार्य गरेका छन्,” स्टेवार्ड र विन्स्ट्यान्लीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीएसजीले गत वर्ष बर्खास्त गरेयता पोचेटिनोले कुनै पनि क्लबको जिम्मेवारी सम्हालेका छैनन् । उनले सन् २०१४ देखि २०१९ टोटनहमको प्रशिक्षण सम्हाल्दा प्रिमियर लिगमा चर्चित बनेका थिए ।

चेल्सीले पोचेटिनोको सहायक स्टाफमा जेसस पेरेज, मिग्वेल डीएगोस्टिनो, टोनी जिमेनेजलाई पनि सोमबार सार्वजनिक गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC