अर्थ व्यवसाय

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले बजेटमा गाँजा खेतीको विषयलाई समेटेकोमा खुसी व्यक्त गरेका छन् ।
सरकारले बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने जनाएको छ ।
खाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताउँदै आएका तामाङले सरकारलाई धन्यवाद दिएका छन् ।
“गाँजा खेतीको वैधानिकता पहिलो खुट्किलो । म खुसी छु । सरकारलाई धन्यवाद ।”
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० २०:५६
प्रतिक्रिया दिनुहोस्