अर्थ व्यवसाय

काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही सुविधाबापत लाग्ने शिक्षा सेवा शुल्क वृद्धि गरेको छ ।
गत वर्ष दुई प्रतिशत लिइँदै आएको यो शुल्क आर्थिक वर्ष २०८०/८१ बाट थप एक प्रतिशत वृद्धि भएको हो ।
आगामी आर्थिक वर्षबाट विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा लिँदा तीन प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्ने छ ।
सटही सुविधा दिने बैंकले लिएको यो रकम राजस्व कार्यालयमा जम्मा गरी अर्काे महिनाको २५ गतेभित्र शुल्कबापतको रकम राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी दिनुपर्ने व्यवस्था आर्थिक विधेयक २०८० मा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० २०:५३
प्रतिक्रिया दिनुहोस्