
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेटले प्रदेश र स्थानिय तहलाई दायित्व थपेर अनुदान चाही कटौती गरेको बताएका छन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत भाषणमा राम्रो सुनिए पनि कार्यक्रम कटौतीको पीडा प्रदेश र स्थानीय तहले बेहोर्नुपर्ने बताएका हुन् ।
“आर्थिक वर्ष २०८०/८१को बजेटले प्रदेश र स्थानीय तहलाई दायित्व थपेर अनुदान चाहिँ गजबले कटौती गरेछ । हस्तान्तरण गरिएका भनिएका कार्यक्रम यथार्थमा हस्तान्तरण गरेको नभई बजेटको अभावमा केन्द्रवाट पन्छाइएका कार्यक्रम हुन्,” उनले लेखेका छन्, “बजेट भाषण सुन्दा राम्रो सुनिने, यथार्थतामा कार्यक्रम कटौतीको पीडा चाहिँ प्रदेश र स्थानीय तहले बेहोर्नुपर्ने गजबको आइडिया निकालेछन् प्रचण्ड र महतजीको जोडीले ।”