site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५० लाखभन्दा बढी आय भएकाहरूको करको सीमा परिवर्तन हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको बजेटमा आय करको सीमा परिवर्तन गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि व्याक्तिगत रूपमा ५० लाखभन्दा बढी आय भएकाहरूको आयकरको दरमा सामान्य वृद्धि गर्ने बताएका हुन् ।

“वार्षिक १० लाख रुपैयाँभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिलाई लाग्दै आएको आयकरको दरमा सामान्य वृद्धि गरेको छु,” महतले भनेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले प्राकृतिक व्यक्तिको हकमा पाँच लाख र दम्पत्तिको हकमा ६ लाख रुपैयाँबाट कर लाग्ने व्यवस्था गरेको थियो । त्यसअघि व्यक्तिका हकमा चार लाख र दम्पतीका हकमा चार लाख ५० हजार आम्दानीमा कर नलाग्ने व्यवस्था थियो ।

गत आर्थिक वर्षदेखि व्यक्तिगत र दम्पत्तिको हकमा पाँच लाखसम्मको करयोग्य रकममा एक प्रतिशत, पाँच लाख रुपैयाँभन्दा बढी सात लाखसम्म आम्दानी गर्ने व्यक्ति र पाँच लाखदेखि आठ लाखसम्म आम्दानी गर्ने दम्पत्तिले १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो ।

सात लाखदेखि १० लाखसम्म करयोग्य आम्दानी गर्ने व्यक्तिले २० प्रतिशत, १० लाख देखि २० लाख रुपैयाँसम्मको करयोग्य आम्दानी गर्नेले ३० प्रतिशत, २० लाखदेखि ३० लाखसम्म आम्दानी गर्ने व्यक्तिले ३६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

३० लाख करयोग्य आय हुने व्यक्ति वा दम्पत्तिले भने सात लाख ४५ हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी दम्पत्तिको हकमा आठ लाखदेखि ११ लाखसम्म करयोग्य आम्दानी गर्नेले २० प्रतिशत, ११ लाखदेखि २० लाखसम्म करयोग्य आम्दानी गर्नेले ३० प्रतिशत र २० लाखभन्दामाथि जतिसुकै करयोग्य आय भएका दम्पत्तिले थप २० प्रतिशत कर तिर्नुपर्ने छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro