site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी सेना ल्याउने गरी बजेट ल्याइयो : सुवाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी सेना ल्याउने गरी बजेट आएको बताएका छन् । 

आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत भएपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउनु भनेको विदेशी सेना आउनु बराबर भएको बताए । 

“सूचना प्रविधिमा विदेशी पुँजी ल्याउनु भनेको त्यो गलत हो । यसले सूचना प्रविधिका उद्योगीहरूलाई खाइदिने छ,” उनले भने, “विदेशी पुँजीसँगै देशमा विदेशी सेना आउनेछ । यसले देश खाइदिनेछ ।”

उनले सार्वजनिक संस्था कसरी चलाउने भन्ने कुनै योजना नआएको बताए । गाँजा खेतीले युवा पक्षमा हुने खतराको विषयमा सरकार गम्भीर नभएको बताए । शिक्षामा खोप विश्वविद्यालयको कुरा कुनै उल्लेख नभएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro