site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेमिकाको हत्या गरेर दुबई पुगेका प्रकाशलार्इ नेपाल ल्याइयो 
SkywellSkywell

काठमाडौं । ०७३ फागुन ५ गते राजधानीको न्युरोडस्थित मख्खन गल्लीमा साडी तथा कुर्तासुरुवालको कारोबार गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती लिएको र रकम बुझ्न प्रयोग गरिएकी आफ्नै प्रेमिकाको हत्या गरी फरार भएका भक्तपुरका प्रकाश लामिछानेलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरी नेपाल ल्याइएको छ । 
लामिछानेले आफ्नी प्रेमिका धादिङकी राधिका श्रेष्ठलाई हत्या गरी फरार भएका थिए ।  उनी भारत हुँदै दुबई पुगेको थाहा पाएपछि प्रहरीले सक्रियता बढाएको थियो ।

नेपाल प्रहरीले इन्टरपोलमार्फत लामिछानेको नाममा रेडर्कनर नोटिस जारी गरेको थियो । त्यसैका आधारमा दुबई प्रहरीले लामिछानेलाई गएको असोज २६ गते नियन्त्रणमा लिएको थियो । हत्या आरोपी लामिछानेलाई दुबईबाट आइतबार साँझ फ्लाई दुबईमार्फत नेपाल ल्याइपुर्याइएको छ ।

यसरी भएको थियो घटना  
 

KFC Island Ad
NIC Asia

०७३ फागुन ५ गते श्यामसुन्दरलाई उनकै पसलमा काम गर्ने र उनकै सहयोगी राधिकाले होटलमा बोलाएर बन्धक बनाई १० लाख ७० हजार फिरौती रकम असुलेकी थिइन् ।
त्यही रात उनै राधिकाको उनकै प्रेमी प्रकाश लामिछानेले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

महानगरीय अपराध महाशाखाका अनुसार ०७३ फागुन ५ गते दिउँसो १ बजेतिर अग्रवालकी विश्वासपात्र राधिकाले अग्रवाललाई सुनधारास्थित सनराइज गेष्टहाउसमा खाजा खान बोलाइन् । होटलमा दुईवटा कोटा बुक गरिएको थियो । एउटा कोठामा अग्रवाल र राधिका अनि अर्को कोठामा अपहरणको योजना बनाउने प्रकाश लामिछाने, किशोर गिरी र सरोज घोरासैनी थिए । राधिकाले अग्रवाललाई मदिरा खुवाएर लठ्ठ बनाइन् । अग्रवाल मदिराले लठ्ठ भएको बेला अर्को कोठाबाट तीनजना निस्किए र मुखमा टेप अनि हातखुट्टा बाँधे । त्यसपछि पैसा माग्न थाले । 

Royal Enfield Island Ad

महाशाखाका डीएसपी अजय केसीका अनुसार अग्रवालसँग ७० हजार रुपैयाँमात्र रहेछ । अरु पैसा लिन राधिका आफैँ साडी पसल गइन् । पसलबाट राधिकाले २ लाख नगद र अग्रवालको चेक लिएर आइन् । अग्रवालबाट अपहरणकारीले २ लाख ७० हजार नगद लिए र ८ लाखको चेक काट्न लगाए । राधिकाले पनि आफू फस्न सक्ने भन्दै चेक छिमेकी पसलेको नाममा काट्न लगाइन् । उनले जसको नाममा चेक काट्न लगाएकी थिइन् ती भारतीय नागरिक थिए । भारतीय भएकाले बैंकले नमानेपछि फेरि उनले भक्तपुरबाट एकजनालाई झिकाइन् र उक्त रकम सोही दिन निकालेर लगिन् । 

अग्रवाललाई त्यही होटलको कोठामा बाहिरबाट ताला लगाएर छाडियो । उनीहरु भागिसकेपछि बल्ल होटलका कर्मचारीले चाल पाए अनि प्रहरीलाई खबर गरे ।

डीएसपी केसीकाअनुसार उनीहरू चारै जनाले २ लाखका दरले रकम बाँडे । घटनापछि चारैजनाले वसन्तपुरमा बसेर पैसा बाँडे । त्यसपछि सरोज घोरासैनी र किशोर गिरी ट्याक्सी चढेर कालीमाटी हुँदै भक्तपुर गए । राधिका र उनका प्रेमी प्रकाश पनि छुट्टै बाटो गरेर भक्तपुर नै गए । 

उनीहरुको योजना त्यो साँझ भक्तपुरमा प्रकाशको घरमा रमाइलो गर्ने थियो । प्रकाशको घर भक्तपुर बागेश्वरीमा हो । सबै जना त्यहीँ जम्मा भएर घटनाको बारेमा अन्यलाई जानकारी हुन सक्ने भन्दै प्रकाशले किशोर र सरोजको सहयोगमा प्रेमिका राधिकालाई प्रकाशकै घरको कोठामा हत्या गरे अनि नजिकै लगेर गाडिदिए ।

घटनाको भोलिपल्ट प्रकाश विमानस्थल हुँदै दिल्ली हानिए । उनका सहयोगी किशोर गिरी पनि केही दिनपछि स्थलमार्ग हँुदै भारत गए अनि केही दिनमै नेपाल फर्किए । महाशाखाको टोलीले गिरी भारतबाट नेपाल आउँदै गरेका बेला त्रिभुवन विमानस्थलबाट पक्राउ गर्यो । सरोज घोरासैनी पनि असनबाट पक्राउ परे । प्रकाश लामिछाने भने दिल्ली हुँदै दुबई हानिए । 

“पैसा कमाउनकै लागि राधिकालाई प्रेमिका बनाएको रहेछ,” एक अनुसन्धान अधिकारीले भने । उनका अनुसार प्रकाश लामिछानेले पैसा कमाउनकै लागि राधिकालाई प्रेमिका बनाएको रहस्य खुलेको छ । 

प्रकाशको वसन्तपुर गणेशथाननजिकै मोबाइल मर्मत पसल छ । राधिका त्यही बाटोबाट आउजाउ गर्दा उनीहरुको चिनजान भएको प्रहरीले जनाएको छ ।

राधिका श्यामसुन्दरको पसलमा काम गर्ने कर्मचारीमध्येकी विश्वासी पात्र हुन् । उनले अग्रवालको हिसाबकिताबका बारेमा सबै कुरा थाहा पाउने भएका कारण प्रकाशले राधिकालाई प्रेमिका बनाएर उनकै माध्यमबाट अपहरण गरी बन्धक बनाएर फिरौती रकम असुल्ने योजना बनाएको र त्यहीअनुसार रकम असुलेको अनुसन्धानबाट खुलेको छ । 

पोल खुल्ने डरले प्रेमिकाको हत्या
 

घटनाको पोल खोल्ने डरले प्रकाशले प्रेमिका राधिकाको हत्या गरेको प्रहरीको निष्कर्ष छ । अपहरण तथा बन्धकमा सहयोगी भूमिका खेल्ने सरोज घोरासैनी प्रकाशका मामाका छोरा हुन् भने किशोर उनका साथी हुन् । उनीहरु सबै मिलेर अग्रवालबाट रकम लिएपछि राधिकाको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राधिकाको शव प्रहरीले ७३ फागुन २० गते नै फेला पारे पनि अभियुक्तहरू फरार भएका कारण अनुसन्धान जारी राखेको थियो ।  अपहरण तथा हत्या अभियोगमा पक्राउ परेका अन्य अहिले कारागारमै छन् । 

दुबईबाट नेपाल झिकाइएका लामिछानेलाई नेपाल प्रहरीको इन्टरपोल शाखाले आवश्यक कारवाहीका लागी महानगरीय अपराध महाशाखाको जिम्मा लगाएको छ । 

सच्याइएको* प्रकाश हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro