site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगनको तर्क : कांग्रेस किन हुने कम्युनिष्ट किन नहुने ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस विधिको शासन मान्ने पार्टी भएको भन्दै विधिको शासन मान्ने मानिस कम्युनिष्ट हुन नसकेर कांग्रेस हुने गरेको बताएका छन् । 

गणतन्त्र दिवसको अवसमा ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले जस्तोसुकै संकटमा पनि मूल मान्यतामा अडिने भएकाले धेरै मानिसहरू कांग्रेसमा लागेको बताए । तर, वर्तमान नेतृत्वले भने कांग्रेस र कम्युनिष्टबीच अन्तर नै नदेखिने अवस्थामा पार्टीलाई पुर्‍याएको उनको भनाई थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

“विधिको शासन मान्ने हो कांग्रेसले । तपाई कम्युनिष्ट पार्टीको किन नहुने कांग्रेसमा किन लाग्ने ?,” थापाले भने, “कम्युनिष्ट पार्टीले आफ्नो अवश्यकताअनुसार आफ्नो फाइदाअनुसार पोजिसन परिवर्तन गरिराख्छ । उसको ठोस मान्यता छैन ।” 

उनले त्यस विपरित कांग्रेस जस्तोसुकै संकटमा पनि मुलभूत मान्यताबाट दायाँबाँया नगर्ने भएकाले धेरै मानिसहरू कांग्रेसमा आबद्ध र आस्थावान भएको उनले दाबी गरे । 

Global Ime bank

“कांग्रेस भनेको के हो भने यसका मुलभूत मान्यता मूल्यहरू छन् । यसमा जस्तोसुकै अप्ठ्यारो आओस्, उसले हलचल गर्दैन । त्यसकारण मानिसहरू कांग्रेसमा लागेका हुन्, कांग्रेसप्रति आस्था राखेका हुन्,” महामन्त्री थापाले भने, “तर, वर्तमान नेतृत्वले ती मुलभूत मान्यतामा कांग्रेसलाई अड्याउन सकिरहेको छैन । यसले कांग्रेसप्रति आस्थावानहरूलाई विचलित बनाएको छ । कांग्रेसका नेता कार्यकर्तालाई निराश बनाएको छ ।” 

उनले त्यही कारण आफूले महामन्त्री पदलाई नै दाउमा राखेर संघर्षको बाटो रोजेको बताए । उनले कांग्रेसमा लागेको ‘विधिमा नहिँड्ने रोग’ निको पार्न संघर्ष गर्दा महामन्त्री पद गए पनि आफूलाई मान्य हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement